धरानमा कोरोना संक्रमित वृद्धको मृत्यु



हाम्रो इकोनोमि

 

सिरहाका एक कोरोना संक्रमित वृद्धको सुनसरीको धरानमा मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारकै क्रममा शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया–६ का ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
मृतकमा मिर्गौलासम्बन्धी पुरानो समस्या रहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा भर्ना भएकामध्ये कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...