उप -प्रमुख इमानसिह लामाले एकैदिन ४ जना बिरामीको उद्दार गरे



 

नेकपा राप्ती नगरकमिटी अध्यक्ष एबम राप्ती नगरपालिकाका उप -प्रमुख इमानसिह लामा निरन्तर जनताको सेबामा लागिरहनुभएको छ । बिश्वमहामारी कोरोना भाइरसका बिचपनि असाहय गरिब जनताको उद्दारमा खटिरहनुभएको छ । चैत्र ११ गतेबाट लकडाउन भएपछि निरन्तर रुपमा अति गम्भीर प्रकारका बिरामीको उद्दारमा सक्रिय हुनुहुन्छ । आज मात्रै लामाले ४ जना बिरामीको उद्दार गर्नुभएको छ ।

विभिन्न रोग सग लडिरहेको बिरामीलाई उद्दार गर्दा मनमा शान्ती मिल्ने लामाले बताउनुभयो । लामाले आज मात्रै राप्ती नगरपालिका वडा न ०१ निबासी हरि घिमिरे , वडा न ०२ निबासी होम मगर , वडा न ०५ निबासी नानू घिमिरे , वडा न ०३ निबासी बिन्दु परियारको उद्दार गरि हस्पिटल पुर्याउनुभएको हो ।

उहाँहरु विभिन्न रोग सग ग्रसित हुनुहुन्छ । लामाले विशेष गरि किड्नी डाईलासिस र किमु चडाउने ब्यक्तिहरुको उद्दार गर्दै आउनुभएको छ । हाम्रो इकोनोमी सग कुराकानी गर्दै लामाले जनताको सेबा गर्न पाउँदा आफ्नो मन शान्त हुने समेत बताउनुभयो राम्रो कामको प्रचार गर्न नहुने भन्दै आगामी दिनमा समेत जनताको सुखदुःखमा सदैब साथ दिनेपनि बताउनुभयो । लामा लुम्बिनी बिकास कोषका पुर्ब कार्यकारी निर्देशक समेत हुन ।

प्रतिक्रिया दिनुहोस
पिकनिक गएर फर्केको स्कुल बस शंकरापुरमा दुर्घटना

    काठमाडौंको शंकरापुर नगरपालिका शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ । जिल्ला

विद्रोह गर्छु भन्नेहरुलाई साँगा कटाउनुपर्ने हुनसक्छ : ओली

    प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी

     काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि

प्रहरीमाथि हातपात गर्ने जोसुकैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

     गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका