पुर्बी चितवन पर्यटकिय क्षेत्रको रुपमा बिकास हुँदै



हाम्रो इकोनोमि

 

पुर्बी चितवनको पर्यटकिय छेत्रको रुपमा बिकास हुँदै गरेको राप्ती नगरपालिकाको वडा न ०२ मा अबस्थित शिबपुरी पार्क तथा इको हब संचालनमा आएको छ । राप्ती नगरपालिका वडा  नम्बर २ मा अबस्थित पार्क निकै रमणीय र मनमोहक रहेको छ । जिल्ला बन कार्यालय चितवन र शिबपुरी सामुदायिक बन उपभोक्ता समुहको सयुक्त लगानिमा पार्क निर्माण गरिएको पार्कका अध्यक्ष सुदिप रुवालिले बताउनुभयो । जिल्ला बन चितवनको आर्थिक बर्ष ०७६/०७७ को रकम ३ लाख ४० हजार र सामुदायिक बनको सहकार्यमा कुल अनुमानित लागत ६ लाखमा निर्माण गरिएको रुवालिले बताउनुभयो ।

पार्क पुर्ण रुपमा निर्माण सम्पन्न भएपछी आन्तरिक र बाहय पर्यटकको बिकास हुने र आम्दानीको श्रोत आउन थाल्ने शिबपुरी सामुदायिक बनका अध्यक्ष गोबिन्द बहादुर बर्तौलाले बताउनु भयो । सामुदायिक बनको ३.५ हेक्टर छेत्रफलमा पार्क निर्माण गरिएको छ । आधुनिक शौचालय , मनोरञ्जन उद्यन , पिप्लेको मनमोहन दृश्य अबलोकन समेत गर्न मिल्ने सुरदेबी टोल सुधार समितिका अध्यक्ष दिपेन्द्र थपलियाले बताउनुभयो ।

आगामी दिनमा राप्ती २ नम्बर वडाको मात्रै नभएर समग्र राप्तीकै पर्यटनको छेत्रमा टेबा पुग्ने सुरदेबी क्लबका अध्यक्ष निरमाया सिलवालले जानकारी दिनुभयो । पार्क पुर्ब पश्चिम राजमार्ग अन्तरगत राप्ती नगरपालिका वडा न ०२ स्थितित सुरदेबी टोलबाट १ किलोमीटर उत्तरमा अबस्थित छ ।

निर्देशन त्रिपाठी

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...