पुर्बी चितवन पर्यटकिय क्षेत्रको रुपमा बिकास हुँदै



 

पुर्बी चितवनको पर्यटकिय छेत्रको रुपमा बिकास हुँदै गरेको राप्ती नगरपालिकाको वडा न ०२ मा अबस्थित शिबपुरी पार्क तथा इको हब संचालनमा आएको छ । राप्ती नगरपालिका वडा  नम्बर २ मा अबस्थित पार्क निकै रमणीय र मनमोहक रहेको छ । जिल्ला बन कार्यालय चितवन र शिबपुरी सामुदायिक बन उपभोक्ता समुहको सयुक्त लगानिमा पार्क निर्माण गरिएको पार्कका अध्यक्ष सुदिप रुवालिले बताउनुभयो । जिल्ला बन चितवनको आर्थिक बर्ष ०७६/०७७ को रकम ३ लाख ४० हजार र सामुदायिक बनको सहकार्यमा कुल अनुमानित लागत ६ लाखमा निर्माण गरिएको रुवालिले बताउनुभयो ।

पार्क पुर्ण रुपमा निर्माण सम्पन्न भएपछी आन्तरिक र बाहय पर्यटकको बिकास हुने र आम्दानीको श्रोत आउन थाल्ने शिबपुरी सामुदायिक बनका अध्यक्ष गोबिन्द बहादुर बर्तौलाले बताउनु भयो । सामुदायिक बनको ३.५ हेक्टर छेत्रफलमा पार्क निर्माण गरिएको छ । आधुनिक शौचालय , मनोरञ्जन उद्यन , पिप्लेको मनमोहन दृश्य अबलोकन समेत गर्न मिल्ने सुरदेबी टोल सुधार समितिका अध्यक्ष दिपेन्द्र थपलियाले बताउनुभयो ।

आगामी दिनमा राप्ती २ नम्बर वडाको मात्रै नभएर समग्र राप्तीकै पर्यटनको छेत्रमा टेबा पुग्ने सुरदेबी क्लबका अध्यक्ष निरमाया सिलवालले जानकारी दिनुभयो । पार्क पुर्ब पश्चिम राजमार्ग अन्तरगत राप्ती नगरपालिका वडा न ०२ स्थितित सुरदेबी टोलबाट १ किलोमीटर उत्तरमा अबस्थित छ ।

निर्देशन त्रिपाठी

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्