कोरोनाबाट थप एक महिलाको मृत्यु



हाम्रो इकोनोमि

 

 

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङकी एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण शनिबार राति मृत्यु भएको छ । एक सातादेखि उच्च ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या आएपछि साउन ३१ गते राति प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

संक्रमित मृतक महिला मोरङको तीनपैनी बस्ने हुन् । प्रतिष्ठानमा ल्याउनु अगाडि उनलाई विराटनगरको न्यूरो अस्पतालमा लगिएको थियो । त्यहाँका चिकित्सकले कोरोना संक्रमण भएको शंका गरेर प्रतिष्ठानमा रिफर गरेका थिए ।

मृतकको मेडिकल हिस्ट्रीमा भारतको दिल्लीस्थित एक अस्पतालमा मुटुको उपचार गरेको, थाइरोइड र फोक्सोमा पनि समस्या रहेको देखिएको प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाले जानकारी दिएका छन् ।

मृतकको शवको व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गर्ने कार्य भइरहेको छ । योसँगै प्रदेश–१ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...