कोरोना नियन्त्रण बाहिर गएको छैन: मन्त्री ढकाल



हाम्रो इकोनोमि

 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन्। उनले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरूले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस् भन्ने शुभकामना दिएका हुन्। पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा राम्रो काम गरे पनि आलोचना गरेको सबैको मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन् ।

मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरूद्ध लड्न मति सप्रियोस भन्दै शुभकामना दिएका हुन्।

उनले भने, ‘आजको यो कृष्णअष्टमीको दिन मति बिग्रिएकाहरूका लागि पनि यो महामारीका विरूद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु। चाहे ती मेरा घरभित्र बसेका हुन् चाहे ती मेरा छिमेकमा बसेका व्यक्तिहरू हुन्। सरकारको आलोचना गरेर लडाइँको अभियानमा लागेको योद्धाहरूको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्‍याउन सक्दैन।’

उनले महामारीबाट बाँचियो भने सत्ताको लडाइँ फेरि पनि खेल्न सकिने भन्दै सरकारलाई सघाउन नेताहरूलाई आग्रह गरे। सरकारलाई जनताले पाँच वर्षको म्याण्डेड दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्न समेत आग्रह गरे।

उनले भने,‘बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाइँ फेरि पनि खेल्न सकिन्छ। किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन। पाँच वर्ष जनताले म्याण्डेड दिएकै छन्। म्याण्डेडपछि त्यो खेलमा लाग्दाखेरी पनि केही बिग्रिँदैन। स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँडने मित्रहरूलाई पनि म आग्रह गर्न चाहन्छु। बेला अनुसार हाम्रा बचन र व्यवहार गरिएन भने जनताले त्यही ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन्। जनताको नजरमा हामी परीक्षामा नै छौं। सबैले जनताबाटै उत्तिर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाइँलाई सहजतापूर्वक समाधान गर्न सक्छौं।’

उनले भने, ‘गीतहरू बदलीबदली आउने छन्। एक जमना थियो पिपिई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो। अब त्यसको अभाव छैन भनेपछि अहिले त्यसको गीत बजेन, त्यसपछि पिसिआर परीक्षणको गीत आयो। अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरू आउनेछन्। ती गीतका भाकाहरूलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा सिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ।’

मन्त्री ढकालले नेपालमा अहिले पनि कोरोना संक्रमणको स्थिति नियन्त्रणभित्रै रहेको बताएका छन्। संक्रमणको अवस्था समुदायस्तरमा देखिए पनि नियन्त्रणको स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...