प्रचण्ड आइसोलेसनमा, आन्तरिक र बाह्य भेटघाट बन्द



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक साताका लागि आइसोलेसनमा बसेका छन् । आफ्नै सुरक्षा घेरामा रहेका प्रहरीमा कोरोना देखिएपछि प्रचण्डले आन्तरिक र बाह्य भेटघाट बन्द गरेका छन् ।

प्रचण्डको सुरक्षामा खट्टिएका सवै सुरक्षाकर्मी र सचिवालयका सवै सदस्यहरुको कोरोना परीक्षण गरिएको छ । उनीहरुको रिपोट नआएसम्म सवैखाले भेटर्वार्ता बन्द गरेको सचिवालयले जनाएको छ ।

प्रचण्डको सुरक्षामा रहेका ६ प्रहरीमा कोरोना देखिएको थियो । त्यसपछि सवै सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको थियो । तर प्रचण्ड परिवारको भने कोरोना रिपोट नेगेटिभ आएको छ । आफ्ना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि प्रचण्डले शुक्रवार राखिएको सम्पादकहरुसँगको बैठक अन्तिम अबस्थामा आएर स्थगित गरेका थिए ।

प्रचण्ड आइसोलेसनमा बसेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्वाद बन्द भएको छ । नेकपाभित्रको विवाद मिलाउन दुई अध्यक्ष दैनिक सम्वादमा थिए । तर कोरोनाको आशंकामा परेपछि प्रचण्ड आफै बालुवाटार जान छोडेका छन् ।

आइसोलेसनमा बसेका प्रचण्डले शनिवार ओली निकटका तीन नेतालाई भने आफ्नै निवासमा भेटेको स्रोतले बताएको छ । श्ुक्रवार निवास पुगेका संसदीय दलका उपनेता सुवास नेम्वाडसँग भेट गरेका प्रचण्डले शनिवार महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलसँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...