वीरगञ्जको कोरोना अस्पतालमा ६५ वर्षका पुरुषको मृत्यु



हाम्रो इकोनोमि

 

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ । कोरोना शंकास्पद वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको डा. निरज सिंहले जानकारी दिए ।

वीरगञ्ज–३ का वडा अध्यक्ष वैजु स्वर्णकारका अनुसार ४/५ दिन ज्वरो आएपनि ज्वरो ठीक भइसकेको थियो । तर साउन २२ गते राति उनलाई अचानक स्वास लिन गाह्रो भयो । एडभान्स अस्पतालको इमर्जेन्सीमा भर्ना गरियो ।

चिकित्सकले उपचार शुरु गरे । अक्सिजन दिइयो । तर उनको शरीरमा अक्सिजन मेन्टेन हुन सकेन । चिकित्सकले आईसीयुमा राखेर उपचार गर्नुपर्ने बताए । अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि एडभान्समा इमर्जेन्सीबाहेक अन्य सेवा बन्द गरिएको छ ।

कोरोना माहामारी शुरु भएपछि वीरगञ्जमा बिरामी बोक्नका लागि एम्बुलेन्स पाइदैन । बिरामी पुर्‍याउन आएको एउटा अटो रिक्सालाई अनुरोध गरेर बिरामीलाई नेशनल मेडिकल कलेज पुर्‍याइयो । तर नेशनल मेडिकल कलेजले भर्ना गर्न मानेन ।नेशनलले यस्तो विरामीका लागि कुनै व्यवस्था छैन भनेर अटोबाटै बिरामीलाई फर्काएको वडा अध्यक्ष स्वर्णकार बताउँछन् ।

‘चिकित्सकले आईसीयू सुविधा भएको अस्पतालमा लैजान भनेपछि नेशनल मेडिकल कलेज लिएर गएका थियौं, तर त्यहाँ भर्ना लिनु त परको कुरा कुनै व्यवस्था छैन भनेर अटोमै बिरामीलाई फर्काइदियो’ वडा अध्यक्ष स्वर्णकार भन्छन् ‘डा. निरज सिंहलाई समस्याबारे जानकारी गराएपछि कोभिड अस्पतालमै लिएर आउन भन्नुभयो । ड्युटीमा रहेका चिकित्सक स्वास्थ्यकर्मीले अक्सिजन दिएर बचाउनका लागि निकै मेहनत गर्नुभयो । तर बाँच्नुभएन ।’

नेशनल अस्पतालका कोभिड संयोजक डा. असरफ हुसेनले बिरामी भर्ना नलिएको बारे आफूलाई जानकारी नभएको बताए ।कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको गण्डक कोभिड अस्पतालले जनाएको छ । साँझसम्म रिपोर्ट आउने जानकारी प्रयोगशालाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...