खुसीको खबर : नेपालमै पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोनाको सफल उपचार



हाम्रो इकोनोमि

 

 

पालमा पहिलोपटक महाराजगञ्जस्थित टिचिङ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ।

विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको अस्पतालका डा. सन्तकुमार दासले जानकारी दिए।

‘यो विधिबाट नेपालमै पहिलोपटक उपचार भएको हो। अहिले संक्रमितमा धेरै सुधार पनि देखिएको छ,’ उनले भने।

डा. दासका अनुसार गत साउन १० गते संक्रमित पुरूष अस्पताल भर्ना हुँदा उनमा निमोनियाको समस्या थियो।

उनलाई आइसियूमा राखेर उपचार गरिराखिएको थियो। पछि उनलाई भेन्टिलेटरमा राख्नुपर्ने स्थिति पनि आएको दासले बताए।

गत बिहीबार भने निको भएका व्यक्तिको प्लाज्मा संक्रमित पुरूषलाई दिएपछि उल्लेख्य सुधार आएको छ।

‘अहिले उहाँको निमोनिया पनि ७० प्रतिशत सुधार भएको छ। पहिले ६० प्रतिशत अक्सिजन चाहिएकोमा अहिले २८ प्रतिशतमात्र चाहिएको छ’ डा. दासले भने, ‘अब त भेन्टिलेटरमा राख्नुपर्ने अवस्था पनि छैन। साथै दोस्रो पटक प्लाज्मा दिनुपर्ने स्थिति पनि देखिँदैन।’

प्लाज्मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ।

यसको प्रयोग अन्य देशहरूले पनि गर्दै आएका छन्। यो विधिबाट निको भएका संक्रमितको रगत गम्भीर बिरामी परेका संक्रमितलाई दिने गरिन्छ।

प्लाज्मा थेरापी विधिबाट उपचार गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गरिरहेको छ।

परिषद्ले निको भएका संक्रमितहरूलाई इच्छा अनुसार प्लाज्मा दान गर्न पनि आग्रह गरेको छ।

टिचिङमा उपचाररत् कोरोना संक्रमितलाई प्लाज्मा दिने पनि युवक नै हुन्। उनको परिचय भने अस्पतालले गोप्य राखेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...