खुसीको खबर : नेपालमै पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोनाको सफल उपचार



 

 

पालमा पहिलोपटक महाराजगञ्जस्थित टिचिङ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ।

विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको अस्पतालका डा. सन्तकुमार दासले जानकारी दिए।

‘यो विधिबाट नेपालमै पहिलोपटक उपचार भएको हो। अहिले संक्रमितमा धेरै सुधार पनि देखिएको छ,’ उनले भने।

डा. दासका अनुसार गत साउन १० गते संक्रमित पुरूष अस्पताल भर्ना हुँदा उनमा निमोनियाको समस्या थियो।

उनलाई आइसियूमा राखेर उपचार गरिराखिएको थियो। पछि उनलाई भेन्टिलेटरमा राख्नुपर्ने स्थिति पनि आएको दासले बताए।

गत बिहीबार भने निको भएका व्यक्तिको प्लाज्मा संक्रमित पुरूषलाई दिएपछि उल्लेख्य सुधार आएको छ।

‘अहिले उहाँको निमोनिया पनि ७० प्रतिशत सुधार भएको छ। पहिले ६० प्रतिशत अक्सिजन चाहिएकोमा अहिले २८ प्रतिशतमात्र चाहिएको छ’ डा. दासले भने, ‘अब त भेन्टिलेटरमा राख्नुपर्ने अवस्था पनि छैन। साथै दोस्रो पटक प्लाज्मा दिनुपर्ने स्थिति पनि देखिँदैन।’

प्लाज्मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ।

यसको प्रयोग अन्य देशहरूले पनि गर्दै आएका छन्। यो विधिबाट निको भएका संक्रमितको रगत गम्भीर बिरामी परेका संक्रमितलाई दिने गरिन्छ।

प्लाज्मा थेरापी विधिबाट उपचार गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गरिरहेको छ।

परिषद्ले निको भएका संक्रमितहरूलाई इच्छा अनुसार प्लाज्मा दान गर्न पनि आग्रह गरेको छ।

टिचिङमा उपचाररत् कोरोना संक्रमितलाई प्लाज्मा दिने पनि युवक नै हुन्। उनको परिचय भने अस्पतालले गोप्य राखेको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्