बालुवाटारमा त्रिपक्षिय वार्ता, नेकपाको बिवाद मिल्ने पक्का



हाम्रो इकोनोमि

 

पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने र भोलिको स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउन नेकपाका तीन शीर्ष नेता संवादमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल संवादमा जुटेका हुन् । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी छन् । पछिल्लो समय स्थायी समिति बैठक स्थगित गरेर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमात्र छलफल भइरहेकोमा बिहीबारको बैठकमा बरिष्ठ नेता नेपाल पनि सहभागी भएको बताइएको छ ।

स्थायी कमिटीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल सहितका नेताहरुले प्रधानमन्त्रीले दुवै पद छाड्नुपर्ने प्रस्ताव राखेपछि बैठक अवरुद्ध छ । सहमतिका लागि भनेर पटक पटक स्थगित बैठक शुक्रवारका लागि तय भएको छ । प्रधानमन्त्री ओलीको राजीनामा माग्नेमा प्रचण्ड र नेपाल एउटै खेमामा छन्। पछिल्लो समय एक साताका लागि स्थगित भएको स्थायी समिति बैठक बस्नु अघिल्लो दिन भइरहेको तीन नेताहरूबीचको छलफलले केही परिणाम निकाल्ने अपेक्षा गरिएको छ।

नेकपामा प्रचण्ड-नेपाल पक्षधरले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन्। प्रधानमन्त्री ओली भने दुबै पद नछोड्ने अडानमा छन्।

दुबै पक्षका अडानबीच सहमतिको बिन्दु के हुन सक्छ भनेर दुई अध्यक्षबीच यसअघि पटकपटक भएका छलफलबाट निष्कर्ष निस्किएको थिएन।

प्रतिक्रिया दिनुहोस
वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...

डुङ्गा दुर्घटना हुँदा भारतमा ११ जनाको मृत्यु

    भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...

अमेरिका–इरान वार्ता असफल

    इस्लामाबादमा रातदेखि बिहानसम्म चलेका यी लामो र महत्त्वपूर्ण वार्ताहरू बिना कुनै...

पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...