एक जना कांग्रेस सांसदलाई कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

कर्णाली प्रदेशसभाका एकजना सदस्यमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशसभाको बर्खे अधिबेशन सकिन लागेपछि आफ्नो निर्वाचन क्षेत्र जान आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट पोजेटिभ आएको स्वकीय सचिवले जानकारी दिए ।

उनको स्वाबको सोमबार सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको थियो । सांसदको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘उहाँमा कोरोना देखिएको छ । अहिले वीरेन्द्रनगरमै होम आइसोलेसनमा बस्नुभएको छ । स्वाथ्यकर्मीको प्रत्यक्ष निगरानीमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य छ,’ स्वकीय सचिवले भने ।

स्वकीय सचिवका अनुसार सांसद बर्खे अधिबेशनभर संसद भवन र कोठा बाहेक बाहिर गएका थिएनन् । उनको दैनिकी संसद भवन र कोठा हुँदै बित्ने गरेको थियो । संसद अधिबेशन सुरु हुनुभन्दा अगाडि गरिएको पिसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

१६० जनाको पीसीआर परीक्षण गरिने

प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभामा खैलाबैला भएको छ । उनको सम्पर्कका आएका सांसददेखि पत्रकारसम्मको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।

सांसद, कर्मचारी, माननियहरुका स्वकीय सचिव र केही पत्रकारसहित १६० जनाको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न लागिएको सचिव बुढाले बताए । ती सांसदको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर स्वाब संकलन गर्ने तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...