अध्यक्ष प्रचण्डलाई आइसोलेसनमा राखि कोरोना परीक्षण गरिने



हाम्रो इकोनोमि

 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना परीक्षण गरिने भएको छ । शुक्रवार निर्वाचन क्षेत्र चितवन पुगेका प्रचण्ड  काठमाडौं फर्किदैछन् । काठमाडौ फर्केलगतै उनको कोरोना परीक्षण गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

अध्यक्ष प्रचण्डले चितवनमा धेरै मानिसहरुसँग भेटघाट गरेका थिए । चितवनमा कोरोना भाइरसको महामारी फैलिएको छ । महामारी फैलिएको क्षेत्रबाट फर्केका कारण उनको स्वास्थय परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अबस्था कमजोर रहेको र देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि नियमित भेटघाट गर्नूपर्ने भएका कारण उनको स्वास्थ्य परीक्षण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

राजधानी काठमाडौं फर्केलगतै प्रचण्डले प्रधानमन्त्री ओली, राष्टपति, आफ्नै दलका नेताहरुसँग नियमित भेटघाट गर्नेछन् । उनको सक्रिय राजनीतिका क्रममा राज्यको प्रमुखहरुसँग भेटघाट हुने गर्दछ । उनीमाथी कोरोनाको संक्रमण देखिए राज्यका माथिल्लो तहमा सर्ने आशंकाले स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

प्रचण्डले केही समयअघि कोरोनाको पीसिआर परीक्षण गरेका थिए । तर चितवनमा सजगता अपनाउँदा अपनाउँदै पनि संक्रमित हुनसक्ने आशंकामा परीक्षण गर्न लागिएको हो । तर प्रचण्डको सचिवालयले चितवनमा पनि सक्दो सजगता अपनाएको बताएको छ ।

केही समयअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल कोरोनाको आशंकामा आइसोलेशनमा बसेका थिए । उनको रिपोट नेगेटिभ आएपछि आइसोलेशनबाट बाहिर आएका थिए । नेकपा नेता भीम रावलका सुरक्षा गार्डलाई कोरोना देखिएपछि नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो एस काठमाण्डौले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...