अमिताभ र अभिषेक कोरोनो भाइरसबाट संक्रमित



हाम्रो इकोनोमि

 

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनीहरुलाई मुम्बईस्थित नानावती हस्पिटल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुवै अभिनेताले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्वीटरमार्फत दिएका छन् । अभिषेकका अनुसार उनीहरुलाई माइल्ड सिम्टोम रहेको छ ।

४४ वर्षिय अभिषेकले भनेका छन्, ‘म र मेरो पिता दुवैजना कोरोना भाइरसबाट संक्रमित भएका छौँ । हामीहरुमा माइल्ड सिम्टोम देखिएको छ । दुवै जना हस्पिटल भर्ना भएका छौँ । हामीले सबै अधिकारिक जानकारी दिएका छौँ र परिवारका सदस्य र अन्य स्टाफहरुको कोरोना परीक्षण गरेका छौँ । डराइहाल्नुपर्ने अवस्था रहेको छैन । धन्यवाद ।’

७७ वर्षिय अमिताभको अवस्थास्थिर रहेको तर, स्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ ।

अमिताभ र अभिषेकमा कोरोना पोजेटिभ देखिएसँगै जया बच्चन र ऐश्वर्या राय बच्चनको पनि कोरोना परीक्षण गरिएको छ । उनीहरुको परीक्षण रिपोर्ट आज आइतबार आउनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...