थप २५५ जनामा कोरोना : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ १६ हजार ४२३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २५५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।  मंगलबार २०४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो भने सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएको थियो।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ६ सय ९६ जनाको नमुना परीक्षण गरिएको छ। अहिलेसम्म २५ हजार ४० जना क्वारेन्टाइनमा छन्।

आठ हजार ६ सय ३२ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा २०६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या सात हजार सात सय ५२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...