मन्त्री लामाले मेसिनबाट धान रोप्दै भने : चक्लाबन्दी खेतीको विकल्प छैन



 

चितवनको माडीमा   १७ औं राष्ट्रिय धान दिवस मनाइएको छ । सहकारी मार्फत संचालन गरिएको सामुहिक चक्लाबन्दी खेतीमा मेसिनले धान रोपेर दिवस मनाइएको हो ।

बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले मेसिनको प्रयोग गरी धान रोपेर दिवसको उद्घाटन गरे । त्यस क्रममा उनले कृषिमा आत्मनिर्भर बन्न चक्लाबन्दी खेतीको विकल्प नरहेको बताए । उनले उत्पादन लागत घटाउन प्रदेश सरकारले चक्लाबन्दी खेतीमा जोड दिएको बताए ।

मन्त्री लामाले कृषिमा आत्मनिर्भर बन्न चक्लाबन्दी खेतीको विकल्प नरहेको बताउनुभयो । उहाँले उत्पादन लागत घटाउन प्रदेश सरकारले चक्लाबन्दी खेतीमा जोड दिएको बताउनुभयो । माडीको चक्लाबन्दी खेती सबैलाई उदारण दिने खालको बताउनु पर्ने बताउँदै उहाँले त्यसका लागि सबैले अग्रसर भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चक्लाबन्दी खेती सफल भए मात्र कृषि क्षेत्रमा उत्साहा थपिने बताउँदै उहाँले भन्नुभयो “माडी उर्भर भूमि हो । अन्न भण्डारको रुपमा विकास गर्दै लैजानु पर्छ ।”

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्