नेपाल आएको सलहको बथान सानो, किसानका लागि हटलाइन



हाम्रो इकोनोमि

 

भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग समन्वय गर्ने भएको छ । कृषि मन्त्रालयमा आइतबार विज्ञहरुसँगको छलफलपछि कृषिमन्त्री घनश्याम भुसालले यो जानकारी दिएका हुन् ।

विज्ञहरुले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो मुभमेन्ट हुने देखिएको जानकारी गराएका थिए । विज्ञहरुको भनाइ सुनिसकेपछि मन्त्री भुसालले सलहको सो बथान नेपाल आउँछ कि आउँदैन भनेर भारतको कृषि मन्त्रालयका अधिकारीहरु र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीहरुसँग समन्वय गरेर ट्र्याकिङ गर्ने बताए ।

हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपुर्‍याएको भन्दै कृषि मन्त्रालयले किसानहरुलाई नआत्तिन भनेको छ ।

नेपाल प्रवेश गरेका सलह, सलह पुगेको जिल्ला, त्यसले पुर्‍याएको क्षति, ती सलहको सम्भावित यात्रालगायतका विषयमा विस्तृत विवरण मन्त्रालयले आइतबारै पत्रकार सम्मेलन गरेर जानकारी दिने मन्त्री भुसालले बताए ।

किसानका लागि हटलाइनको व्यवस्था

विज्ञहरुसँगको छलफलपछि मन्त्री भुसालले सलह किरा कुन–कुन स्थानमा देखिएको छ भनेर किसानहरुबाट जानकारी लिन हटलाइनको व्यवस्था गर्ने बताए । एउटा टेलिफोन नम्बर मन्त्रालयले व्यवस्था गर्ने र त्यसमा फोन गरेर किसानहरुले सलह किराबारे जानकारी दिन सक्ने मन्त्री भुसालको भनाइ छ ।

कृषि मन्त्रालयले गृह र विपद व्यवस्थापन समितिसँग सम्बन्धित समितिसँग समन्वय गरेर सलहलाई नियन्त्रण गर्ने जनाएको छ । गृह र विपदसँग समन्वय गरी सलह नियन्त्रण गर्न विषादी छर्किनुपर्ने भए ड्रोन, ट्यांकर लगायतको व्यवस्था गरिने मन्त्री भुसालले बताए ।

सलह नियन्त्रणका लागि खर्चको व्यवस्थापन गर्ने जिम्मा कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीलाई दिइएको छ । अन्तरमन्त्रालय समन्वय गरी सलह नियन्त्रणको बजेट व्यवस्था गर्न मन्त्री भुसालले सचिव भारीलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...