सलहको नियन्त्रण रोक्न कृषि मन्त्री भुसालसहित विज्ञहरूको बैठक
नेपालमा देखिएको सलह किराले गर्न सक्ने क्षति रोक्ने उपायका लागि कृषिमन्त्री घनश्याम भुसालसहित विज्ञहरूको टोलीको बैठक बसेको छ ।
शनिबारदेखि देशका विभिन्न ठाउँमा देखिएको सलह नियन्त्रणका निम्ति ठोस तयारी हुने बताइएको छ । बालीनाली नष्ट गर्ने यो किरा पाकिस्तान हुँदै भारत र नेपालसम्म प्रवेश गरेको हो ।
सलह नियन्त्रण गर्न सके मात्र यस बर्षको बालीनाली जोगाउन सकिने निष्कर्शअनुसार नै नियन्त्रणका थप प्रयास हुने बताइएको छ ।