पति हुँदाहुँदै हाेटेलभित्र हेडसरसँग मायापिरती



हाम्रो इकोनोमि

 

सिन्धुली जिल्लामा महिला वडा सदस्य र विद्यालयका प्रधानाध्यापक रातभरि एउटै कोठामा सुतेको फेला परेपछि स्थानीयले पक्राउ गरेर प्रहरीमा बुझाएका छन् । तर, राजनीतिक दवावका कारण साे काण्डलाई गाउँपालिकाबाट दवावमा गुपचुप बनाइएकाे छ ।

फिक्कल गाउँपालिकाको वडा नम्बर १ कि महिला वडासदस्य कोपिला (नाम परिवर्तन) र सोही वडाको प्राथमिक विद्यालयका प्रधानाध्यापक टीकाराम मगर खाङसाङको एउटा होटेलको कोठाबाट बिहीबार बिहान सात बजे पक्राउ परेका हुन् । उनीहरूका बीच लामो समयदेखि अनैतिकसम्बन्ध रहेको आरोप पक्राउ गर्ने स्थानीयहरूले लगाएका छन् । दुबै जना विवाहित भए पनि अबैध सम्बन्ध राख्ने गरेकाे जनाइएकाे छ ।

स्थानीयहरूले वडा सदस्य कोपिला र प्रधानाध्यापक मगरलाई एकसाथ पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । राजनीतिक दवाव परेपछि प्रहरीले जाहेरी नै नलिएर छाडिदिएकाे छ ।

वडा सदस्य कोपिला र प्रधानाध्यापक मगरविरुद्ध कसैले पनि उजुरी नदिएपछि दुबैलाई गाउँपालिकाको जिम्मा लगाइदिएको सिन्धुली प्रहरीकाे भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलले खाङसाङको घटना आन्तरिक भएकोले प्रहरीले नहेरेको बताइन् । उनले भनिन्, ‘त्यो विषय उहाँहरूको आन्तरिक थियो । हामीले हेरेनौँ ।’

एसपी सिग्देलले वडा सदस्य र प्रधानाध्यापकको अनैतिक सम्बन्धका विषयमा अनुसन्धान गर्नुपर्नेमा त्यत्तिकै छाडिदिएकोमा स्थानीयहरू आक्रोशित भएका छन् । स्थानीयहरूले नेकपाको दवावमा एसपी सिग्देलले खाङसाङको घटनालाई त्यत्तिकै छाडिदिएको आरोप लगाएका छन् ।

वडा सदस्य कोपिला र प्रधानाध्यापक रातभरि सोही होटेलको एउटै कोठाभित्र सुतेको दुबैले प्रहरी समक्ष स्वीकार पनि गरेका छन् । एउटै कोठाभित्र सुते पनि दुबैले अनैतिक सम्बन्ध नराखेको प्रहरीलाई बयान दिएका छन् ।

फिक्कल गाउँपालिकाको गाउँसभामा सहभागी हुन महिला वडा सदस्य कोपिला र विद्यालयका प्रधानाध्यापक मगर खाङसाङ आएका थिए । उनीहरू होटेलको एउटै कोठाभित्र रातभरि सुतेर अनैतिक कार्य गरेको थाहा पाएपछि स्थानीयहरू जम्मा भइ नियन्त्रणमा लिएर प्रहरी चौकी खाङसाङमा बुझाएका हुन् ।

वडा सदस्य कोपिलाले आफूहरू एउटै कोठामा सुतेको स्वीकार गरेकी छिन् । कोपिलाले प्रधानाध्यापक मगरसँग नाम जोडेर आफ्ना पतिले कुटपिट गर्नुका साथै विभिन्न किसिमका लाञ्छाना लगाउने गरेको बताएकी छिन् ।

वडा सदस्य कोपिला र प्रधानाध्यापक मगरको यौनकाण्ड लुकाउन गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले दवाव दिएकी थिइन् । उनले प्रहरीलाई फोन गरेर मुद्धा नलिएर दुबैलाई गाउँपालिकामा पठाउन भनेपछि कोपिला र मगरलाई गाउँपालिका पठाएको स्रोतले जनाएको छ । उपाध्यक्ष सुनुवार नेकपाबाट निर्वाचित हुन् ।

गाउँपालिकाकी उपाध्यक्ष सुनुवारले वडा सदस्य कोपिलाका पति र प्रधानाध्यापक मगरकी पत्नीलाई बोलाएर दुबैलाई सम्झाइबुझाइ गरेर घर पठाएकी थिइन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित कोपिला केही दिन अगाडि मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी थिइन् । प्रधानाध्यापक मगर पनि कोपिलासँग कांग्रेस पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका थिए दैनिक नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...