लामो समयपछि हिमानीको मायाले पारसलाई यसरी तान्यो



हाम्रो इकोनोमि

 

 

छोरीहरुसंग थाइल्याण्डमा रहेकी पूर्वयुवराज्ञी हिमानी शाहको टिकटक भिडियोलाई उनका श्रीमान पारस शाहले शेयर गरेका छन् । पारसले आफ्नो सामाजिक सञ्जालमा छोरीसँग टिकटकमा रमाउँदै बनाएको भिडियोलाई फेमिली भनेर शेयर गरेका हुन् ।

सर्वसाधारणले जस्तै टिकटकलाइ आफ्नो खुसी साट्ने माध्यम बनाएकी सामाजिक अभियन्ता हिमानी शाह यतिबेला टिकटक भिडियोबाटै सामाजिक सञ्जालमा भाइरल बनेको छन् ।

सोमवारमात्र एउटा टिकटक भिडियो भाइरल भएको पूर्व युवराज्ञी हिमानी शाहको छोरीहरुसंग रमाइलो गरेको अर्को टिकटक भिडियो पनि सार्वजनिक भएको छ । पूर्व राजपरिवारका यस्ता ब्यक्तिगत भिडियो र तस्बिर विरलै सार्वजनिक हुने भएकाले अपलोड भएको केही बेरमै भाइरल हुने गर्छ ।

छोरी र श्रीमतीले थाइल्याण्डमा गरेको रमाइलोको टिकटक भिडियो पूर्व युवराज पारस शाहले पनि शेयर गरेका छन् । फेमिलि लेखेर उनले शेयर गरेको भिडियोमा पनि थुप्रै कमेन्ट आएका छन् ।

सोमवार अपलोड भएको भिडियो एकै छिनमा भाइरल भएको थियो । मंगलवार विहानै देखि फेरी अर्को टिकटकको भिडियो सार्वजनिक भएसंगै भाइरल भएको छ । सोमवार सार्वजनिक भएको सोही भिडियो पूर्वयुवराजले पारसले शेयर गरेका हुन् ।

हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटककामा अभिनय गरेकी छन् ।छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अड्किएकी हिमानी छोरीका साथमा रमाइलो गरिरहेकी छन् ।

 

उनीहरुले टिकटकमा बनाएको भिडियोमा देशभक्ति गीत सुन्न सकिन्छ । उक्त भिडियोमा ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ । त्यसै गरी ‘गुराँसको फेदमुनि सम्झनाको छाँया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया’ बोलको गीतमा पनि हिमानीले छोरीसँग टिकटक बनाएको छन् ।

छोरीहरुका साथ समय विताउन थाइल्याण्ड गएकी हिमानी लकडाउनका कारण उतै छन् भने पूर्व युवराज पारस भने पोखरामा रमाइलो गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...