काठमाण्डौँभित्र कुकुर पाल्न अब कर तिर्नुपर्ने



हाम्रो इकोनोमि

 

काठमाण्डौँभित्र कुकर पाल्नका लागि अब अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने प्रावधान ल्याउने तयारी भइरहेको काठमाण्डौँ महानगरपालिकाले जनाएको छ। रहरका लागि कुकुर पाल्ने तर जनावर बिरामी भएपछि अलपत्र छाड्ने क्रम बढेका कारण नयाँ नियम ल्याउने तयारी गरिएको महानगरको तर्क छ। सडक लगायतका सार्वजनिक स्थलमा दिसापिसाब गराउने र फोहोर त्यसै छाड्ने चलन ठूलो समस्या बन्दै गएको अधिकारीहरू बताउँछन्।

महानगरपालिकाले आगामी आर्थिक वर्षका बजेटमा सो योजना प्रस्ताव गरेको र पारित भएर साउन महिनाबाट कार्यान्वयनमा ल्याउने तयारी भइरहेको अधिकारीहरूको भनाइ छ।नयाँ नियम लागु भए महानगरपालिकाभित्र कुकुर पाल्न कर पनि तिर्नुपर्ने हुन्छ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार कर लिएपछि महानगरले सेवा पनि दिने छ। उनले भने, ‘के कति कर लिने भन्ने विषय बजेटमा आउला । तर हामीले कर लिने मात्रै नभएर सेवा पनि दिने योजना बनाएका छौँ।’ ‘घरमै गएर खोप लगाउने र बन्ध्याकरण गराउने काम पनि हामीले गरिदिने योजना छ।’ हाल महानगरले समुदायमा रहेका कुकुरलाई हेरचाह गरिरहेको उनले दाबी गरे।

जीपीएस ट्रयाकर पनि

घरपालुवा कुकुरलाई अलपत्र छाड्ने अवस्थाको अन्त गर्न महानगरपालिकाले घाँटीमा जीपीएस ट्रयाकरको पनि व्यवस्था गरिने बताएको छ। जीपीएस ट्रयारका आधारमा कुकुर पालेका व्यक्ति लगायतका विवरण उपलब्ध हुने हुँदा अलपत्र छोडिने अवस्थामा सुधार हुने महानगरको अपेक्षा छ।

कति छ कुकुरको सङ्ख्या?

डङ्गोलका अनुसार काठमाण्डौँ महानगरपालिकामा सामुदायमा करिब २४,००० कुकुर छन्। घरपालुवा कुकुरको सङ्ख्या भने १०,००० हजारको हाराहारीमा हुने अनुमान गरिएको छ।

काठमाण्डूका ३२ वटा वडामा सातदेखि आठ लाख स्थायी बासिन्दा रहेको महानगरको भनाइ छ। कुकुर पाल्ने अनुमति वडाबाटै दिने वा महानगरपालिकाले भन्ने विषयको निर्क्यौल भइनसकेको डङ्गोलले बताए।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...