पहिरो खसेर अरुण नदी थुनियो



हाम्रो इकोनोमि

 

संखुवासभामा पहिरो खरुदा अरूण नदी आंशिक रूपमा थुनिन पुगेको छ । आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु गाउँपालिका वडा नम्बर-२ तर्फको ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिन पुगेको संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले  जानकारी दिए ।

मल्लले भने, ‘माटोको ढिस्को खसेर आंशिक रुपमा अरुण नदी थुनिएको छ । नदी थुनिन पुग्दा जोखिममा पर्न गएको प्रकाश राईको परिवारलाई सुरक्षित स्थानमा स्थानन्तरण गरिसकेका छौं । हिरालाल राई र तिर्थ राईको गोठ पनि जोखिममा पर्न सक्ने देखिएकाले स्थानन्तरणको तयारी भइरहेको छ ।’

जोखिममा रहेका घरमा क्षति पुगेको छैन । तैपनि राईको परिवारलाई सुरक्षित स्थानमा लगिसकेका छौं,’ उनले भने, ‘पहिरोका कारण नदीमा पानीको सहत बढेमा च्याक्से डाँडामा रहेका ५/७ घर जोखिम पर्न सक्ने अवस्था छ । त्यसैले त्यहाँ पनि सुरक्षा सतर्कता बढाएका छौं ।’ घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...