जि पी कलेजमा सबै कक्षाहरु अनलाइनमार्फत नियमित सञ्चालन



 

जि पी कलेजमा सबै कक्षाहरु अनलाइनमार्फत नियमित सञ्चालन भैरहेका छन । लामो समयको लकडाउनका कारण विद्यर्थीहरु कलेजमा उपस्थित भइ अध्यय गर्न नसकेका कारण उनीहरुको नियमित अध्ययनका लागि कलेजले अनलाइनमार्फत कक्षा सञ्चालन गरेको हो । जिपी कोइराला मेमोरियल कलेज काठमाडौंले जेठ १५ गतेदेखि नियमित रुपमा अनलाइन कक्षा सञ्चालन गरेको छ । कलेजमा जेठ १५ गतेदेखि नियमित रुपमा अनलाइन कक्षा सञ्चालन भइरहेको व्यवस्थापन संकायका प्रमुख गणेश खड्काले जानकारी दिए ।

उनका अनुसार गाउँघरमा गएका केही विद्यार्थीबाहेक उपलब्ध विद्यार्थीहरुलाई नियमित पठाउने काम भइरहेको छ । केही प्राबिधिक कठिनाइ भएपनि विद्यार्थीहरुलाई अनलाइन कक्षाले राम्रै प्रभाव पारेको खड्काले बताए ।

कलेजले स्नातक तहका कक्षाहरु वि वि एस, वि एस डब्ल्यु, बि ए, बि एड लगायतका शैक्षिक कार्यक्रमहरुलाई सञ्चालन गरिरहेको छ । कलेजले यसअघि बैशाखबाटै स्नातकोत्तर तहको एमबिएस र एम एडका कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । कलेजले अनलाइनमार्फत नियमित कक्षा सञ्चालन गरेपछि नियमित रुपमा विद्यार्थीहरु पनि अपडेट हुने र कक्षामा सामेल हुनुले राम्रै प्रभाव परिरहेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको