जि पी कलेजमा सबै कक्षाहरु अनलाइनमार्फत नियमित सञ्चालन



हाम्रो इकोनोमि

 

जि पी कलेजमा सबै कक्षाहरु अनलाइनमार्फत नियमित सञ्चालन भैरहेका छन । लामो समयको लकडाउनका कारण विद्यर्थीहरु कलेजमा उपस्थित भइ अध्यय गर्न नसकेका कारण उनीहरुको नियमित अध्ययनका लागि कलेजले अनलाइनमार्फत कक्षा सञ्चालन गरेको हो । जिपी कोइराला मेमोरियल कलेज काठमाडौंले जेठ १५ गतेदेखि नियमित रुपमा अनलाइन कक्षा सञ्चालन गरेको छ । कलेजमा जेठ १५ गतेदेखि नियमित रुपमा अनलाइन कक्षा सञ्चालन भइरहेको व्यवस्थापन संकायका प्रमुख गणेश खड्काले जानकारी दिए ।

उनका अनुसार गाउँघरमा गएका केही विद्यार्थीबाहेक उपलब्ध विद्यार्थीहरुलाई नियमित पठाउने काम भइरहेको छ । केही प्राबिधिक कठिनाइ भएपनि विद्यार्थीहरुलाई अनलाइन कक्षाले राम्रै प्रभाव पारेको खड्काले बताए ।

कलेजले स्नातक तहका कक्षाहरु वि वि एस, वि एस डब्ल्यु, बि ए, बि एड लगायतका शैक्षिक कार्यक्रमहरुलाई सञ्चालन गरिरहेको छ । कलेजले यसअघि बैशाखबाटै स्नातकोत्तर तहको एमबिएस र एम एडका कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । कलेजले अनलाइनमार्फत नियमित कक्षा सञ्चालन गरेपछि नियमित रुपमा विद्यार्थीहरु पनि अपडेट हुने र कक्षामा सामेल हुनुले राम्रै प्रभाव परिरहेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...