कुवेतबाट नेपाली लिएर आएको जहाज काठमाडौं आइपुग्यो



हाम्रो इकोनोमि

 

कुवेतमा आममाफी पाएका नेपालीलाई आज (बिहीबार) आठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफी पाई आश्रयस्थलमा रहँदै गरेका नेपालीलाई लिएर आएको पहिलो जहाज आज (बिहीबार) साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । कुवेतमा आममाफी पाएका १५० महिला पहिलो जहाजमार्फत काठमाडौं आइपुगेका हुन् ।

उनीहरुलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।

तर अहिले फर्कने कतिपय गर्भवतीहरु पनि छन् । होल्डिङ सेन्टरको स्वास्थ्य यूनिटले तत्कालै यात्रा गर्न नसक्ने भन्ने यकिन गरेमा उनीहरुलाई काठमाडौकै आपतकालीन क्वारेन्टिनमा राखिने जनाइएको छ ।

सम्बन्धित पालिकामा पनि विदेशबाट घर फर्कनेले १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । त्यसपछि मात्रै आफ्नो घर जान पाइनेछ । कुवेतबाट दोस्रो जहाज १ः३० मिनेटमा काठमाडौ आइपुग्ने त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...