कुन देशका नेपाली कहिले आउँदैछन् ? हेर्नुहोस तालिका



हाम्रो इकोनोमि

 

कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले धमाधम उद्धार कार्य सुरु गरेको छ ।

विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै जहाज तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाज नेपालीहरुको उद्धारमा परिचालित छन् ।

बिहीबार कुवेतबाट फ्लाइटबाट करिब ३ सय महिला श्रमिक फर्किंदै छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो । कुवेतबाट दुईवटा जहाजमा नेपालीहरु काठमाडौं आइपुग्दैछन् । एउटा फ्लाइट साढे ११ बजे र अर्को फ्लाइट दुई बजेतिर काठमाडौं आउने छ ।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार तत्कालका लागि नेपाल एयरलाइन्सको २४ र हिमालय एयरलाइन्सको १९ उडान हुनेछन् । साथै २४ वटासम्म विदेशी उडान पनि हुने तालिकामा उल्लेख छ ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने, ‘यी सबै उडान हुँदा करिब ११–१२ हजार नेपालीहरु आउँछन् । यी उडान गरिसकेपछि स्थितिको थप विश्लेषण गरी आवश्यक निर्णय हुन्छ ।’

उनले थपे, ‘यो तालिकाबाट के बुझ्नुपर्छ भने विदेशमा अलपत्र परेका नेपालीहरुलाई सरकारले धमाधम उद्धार गर्दै छ ।’

यस्तो छ उडान तालिका

बंगलादेशको ढाकाबाट जुन १४ तारिखमा दुई वटा फ्लाइट छन् । यी दुवै फ्लाइट विदेशी विमान कम्पनीका हुनेछन् ।

यस्तै जुन १५ तारिखमा नेपाल एयरलाइन्सले माले र क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ । सोही दिन हिमालय एयरलाइन्सले साउदी अरब र सिंगापुरका नेपालीहरुलाई ल्याउने छ ।

जुन १६ मा युएई र कतारबाट नेपाल एयरलाइन्सले तथा कुवेत, र श्रीलंका र मालेबाट हिमालय एयरलाइन्सले नेपालीहरुलाई स्वदेश ल्याउने छ ।

जुन १७ मा अष्ट्रेलिया, बैंकक र बहराइनबाट नेपाल एयरलाइन्सको उडान हुने छ भने हिमालय एयरलाइन्सले बंगलादेश र कतारबाट उडान भर्ने छ । जुन १७ मै अमेरिकाबाट एक विदेशी एयरलाइन्सको पनि उडान हुने पर्यटन मन्त्रालयलले सार्वजनिक गरेको उडान तालिकामा उल्लेख छ ।

जुन १८ मा नेपाल एयरलाइन्सले साउदी र युएईका नेपालीहरुलाई काठमाडौं ल्याउने छ । सो दिन हिमालय एयरलाइन्सले क्वाललम्पुर र मस्कटबाट उडान भर्ने छन् ।

यस्तै जुन १९ मा जापान र कुवेतबाट नेपाल एयरलाइन्सले तथा साउदी र नाइजेरीबाट हिमालय एयरलाइन्सले उडान गर्ने छन् ।

उडान तालिका अनुसार २० जुनमा साइप्रस, क्वालालम्पुर र कतारबाट नेपाल एयरलाइन्सका तीन उडान हुने छन् । सोही दिन हिमालय एयरलाइनसले युएई र बंगलादेशबाट नेपालीहरुलाई ल्याउने छ । २० जुनमै ईयूको एउटा फ्लाइट हुने पर्यटन मन्त्रालयको तालिकामा उल्लेख छ ।

यस्तै २१ जुनमा दक्षिण कोरिया र मस्कट (ओमान)बाट नेपाल एयरलाइन्सले नेपालीहरुको उद्धार गर्ने छ । कुवेत र क्वालालम्पुरबाट हिमालय एयरलाइन्सले जहाजको उडान हुने छ । २२ जुनमा अष्ट्रेलिया र बैंककबाट नेपाल एयरलाइन्सको तथा पाकिस्तान र कतारबाट हिमालय एयरलाइन्सको उडान हुने छ ।

२३ जुनमा जापानको नारिता र मालेबाट नेपाल एयरलाइन्सको तथा युएई र युगान्डाबाट हिमालय एयरलाइन्सको उडान हुने तालिकामा उल्लेख छ ।

२४ जुनमा नेपाल एयरलाइन्सको मात्र फ्लाइट छ । सो दिन नेपाल एयरलाइन्सले साउदी र कुवेतका नेपालीहरुलाई उद्धार गर्ने छ । २५ जुनमा नेपाल एयरलाइन्सको वाइड बडीले जापानका नेपालीलाई उद्धार गर्दा हिमालय एयरलाइन्सले साइप्रस÷इजरायलबाट उडान गर्ने छ ।

यी उडान तालिका यात्रुको उपलब्धताको आधारमा परिवर्तन पनि हुन सक्ने पर्यटन मन्त्रालयले जनाएको छ । साथै ८५ प्रतिशत यात्रु भएमात्र उडान हुने पनि मन्त्रालयले जनाएको छ । यात्रुहरुले पीसीआर वा आरडीटी नेगेटिभ रिपोर्टको प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटल क्वारेन्टिनमा राख्ने सरकारको नीति छ । क्वारेन्टिनको रूपमा प्रयोग गर्ने होटलहरुको सूची सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...