काठमाडौंका व्यापारीले खोले पसल



हाम्रो इकोनोमि

 

काठमाडौंका व्यापारीहरूले सबै प्रकारका पसलहरू खुला गरेका छन्। बिहीबार बिहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्युरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोकलगायतका क्षेत्रका पसलहरू खुला भएका छन् । कतिपय व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् ।

साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो । महासंघको निर्णयपछि सबैले पसलहरू खुला गरेका हुन् ।

महासंघका अध्यक्ष नरेश कटुवालले अब दैनिक बिहान ११ बजेसम्म सबै पसलहरू खुला हुने जानकारी दिए । पसलहरू खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनु पर्ने सुरक्षा सतर्कता भने अपनाइने उनले बताए ।

लामो समयदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेका कारण पसल व्यवसाय खोल्न बाध्य भएको उनले बताए । राज्यलाई तिर्ने कर, घर भाडा, बैङ्कको ब्याजदर र कर्मचारीको तलब भत्ता समेत भुक्तानी गर्न समस्या भएका कारण पसल व्यवसायहरू खुला गर्नुपरेको उनले बताए ।

महासंघका महासचिव अञ्जन शाक्यले लकडाउन उल्लङ्घन गर्नु रहर नभएको बताए । उनले यसलाई लकडाउन उल्लङ्घनको रुपमा नभई जीविकोपार्जनका लागि पसलहरू खोलिएको रुपमा बुझ्नुपर्ने बताए ।

वानेश्वरलगायत क्षेत्रहरूमा बिहानै पसल खोल्न पुगेका केही व्यवसायीहरूलाई भने प्रहरीले फर्काइदिएको छ । जबरजस्ती खोले बल प्रयोग गर्ने प्रहरीको चेतावनीपछि वानेश्वरलगायतका केही क्षेत्रका पसलहरू भने खुल्न बाँकी रहेको महासंघले बताएको छ ।

यद्यपि, आजै सबै क्षेत्रका पसलहरू खुला गर्ने महासंघले बताएको छ । ‘अहिले न्युरोड, इन्द्रचोक, भोटेबहाल, कोटेश्वरलगायतका धेरै ठाउँका पसलहरू खुला भइसकेको छ,’ महासंघका अध्यक्ष कटुवालले भने, ‘केही ठाउँमा खुलाउन प्रहरीले अवरोध गरेको सूचना आएको छ, अवरोध गरेर हुँदैन, कसरी हुन्छ हामी सबै ठाउँमा खोल्ने पक्षमा छौं‌ ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...