९ जना जुवाडेलाई प्रहरीले थुन्न मानेन



हाम्रो इकोनोमि

 

महानगरीय प्रहरी वृत्त, दरबारमार्गले चलाएको अपरेसनमा पक्राउ परेका ९ जना व्यक्तिलाई प्रहरीले छाड्ने भएको छ । कोरोना भाइरसको कारण देखाउँदै प्रहरीले उनीहरुलाई हाजिरी जमानीमा छाड्न लागेको हो ।

कानुनतः अनुसन्धान अधिकृतले मनासिब लागे जिल्ला सरकारी वकिल कार्यालयको राय लिएर अभियुक्तलाई हाजिरी जमानीमा छाड्न मिल्ने व्यवस्था छ । त्यही अधिकारको प्रयोग गर्दै भीआईपी जुवाडेलाई छाड्न लागिएको हो ।

दरबारमार्ग प्रहरीका प्रमुख डीएसपी रञ्जन दाहालले  भने, ‘लकडाउनका कारण हाजिरी जमानीमा राख्न लागेका हौं ।’ मंगलबार मात्रै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनीहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका थिए ।

प्रहरीले कमलादीस्थित गगौंर होटलमा जुवा खेलिरहेका वेला रामचन्द्र सांघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये जोगाइ होटलका सञ्चालक हुन् ।

उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो । पक्राउ परेका ८ जना व्यवसायी मुलुकको प्रतिष्ठित व्यापारिक घरानासँग जोडिएका व्यक्ति हुन् । उनीहरु पक्राउ परेदेखि नै छुटाउन प्रहरीलाई दबाव थियो । काठमाडौं प्रहरीका अधिकृतहरुले भने जुवाडेलाई हाजिरी जमानीमा राख्दैमा अनुसन्धानमा कुनै प्रभाव नपर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...