श्री लालीगुराँस सहकारीद्वारा ऋण लिएका सदस्यलाई छुट सुविधा



हाम्रो इकोनोमि

 

पुल्चोकस्थित श्रीलालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ऋण लिएका सदस्यलाई सुविधा दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण महामारीको रुपमा फैलिरहेको अवस्थामा तत्काल राहत उपलब्ध गराउन ऋण लिएका सदस्यलाइ यस्तो सुविधा उपलब्ध गराउन लागेको हो ।
संस्थाले असार मशान्तसम्म सो सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ऋण लिएका सदस्यलाई व्यवहारिक रुपमा ब्याज तिर्न सहज हुन सकोस् भन्ने उद्देश्यले सुविधा दिएको बताउनुभयो ।

संस्थाले भुक्तानी गर्न बाँकी ब्याज रकममा सम्पूर्ण ब्याज चुक्ता गरेमा जम्मा ब्याजको ५ प्रतिशत छुट दिने, ५० प्रतिशत भन्दा बढी ब्याज चुक्ता गरेमा ३ प्रतिशत छुट दिने व्यवस्था गरेको छ भने, भुक्तानी गर्न बाँकी हर्जना रकममा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

विश्वब्यापी महामाहारीको रुपमा फैलिएको कोरोना भाइरसले पारेको असरलाई मध्य नजर गर्दै संस्थाले ऋण लिने सदस्यलाई छुटको व्यवस्था गरेको हो । नेपालको उत्कृष्ट सहकारीको रुपमा रहेको संस्थाले गरेको पहिलो निर्णय गर्ने संस्थाको रुपमा रहेको छ । संस्थाको ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल, र न्युरोड, भक्तपुरको कौशलटार र पर्सा चितवनको खैरहनी गरी ५ जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ ।

कर्मचारीलाई कोरोना बिमा

यसैबीच संस्थाले आफ्ना पुल्चोकस्थित मुख्य कार्यालयसहित ५ सदस्य सुविधा काउन्टरका कर्मचारी र सुरक्षा गार्डको कोरोना बीमा गरेको छ ।
संस्थाको चापागाउँ, चावहिल, कौशलटार, पर्सा चितवन र न्युरोडका सम्पूर्ण कर्मचारी र सुरक्षागार्डको बीमा गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले कामको सिलसिलामा कार्यालय आउने कर्मचारीलाई कोरोना बीमा गरिएको जानकारी दिनुभयो ।
सरकारले ल्याएको कोरोना बीमा अन्तर्गत प्रतिब्यक्ति एक लाख रुपियाँको रहेको छ । पी.सी.आर. परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए बिमितले बीमा गरेको रकम पाउने भएका छन् । संस्थाको मुख्य कार्यालय र सदस्य सुविधा काउन्टरमा १ सय १८ जना कर्मचारी र सुरक्षा गार्डहरु कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...