शान्ति सुरक्षामा खटेको प्रहरीमाथि आक्रमण



हाम्रो इकोनोमि

 

रौतहट जिल्लाको मौलापुर नगरपालिकामा शान्ति सुरक्षामा खटेको प्रहरीमाथि आक्रमण भएको छ । हिजो बेलुका भएको यस घटनालाई रौतहट प्रहरीले अझै गोप्य नै राखेको छ ।

मौलापुर नगरपालिका वडा नम्बर १, मर्यादपुरमा राहत वितरणमा अवरोध गर्दै आएका वडाध्यक्ष रामप्रवेश यादवले राहत वितरणमा सहयोग गरेको भनेर वड़ा सदस्यलाई कूटपिट गरेपछि सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय मौलापुरका ४ जना प्रहरीमाथि कुटपिट गरी घाइते बनाइएको छ ।

नगरपालिकाले दोस्रो चरणको राहत बितरण गर्दै गर्दा वडाध्यक्ष रामप्रवेश यादवले अवरोध पुर्याएका थिए । वडाध्यक्ष यादवले निरन्तर अवरोध पुर्याउदा राहत वितरणमा ढिलाई भएको थियो ।

‘पहिलो चरणको राहत जसो तसो वितरण गरेको नगरपालिकाले दोस्रो चरणमा पनि अवरोध सृजना भएपछि प्रहरीको सहयोगमा राहत बाँडेको हो । तर त्यस काममा पनि बल प्रयोग गरेर वडाध्यक्षले आफ्ना कार्यकर्ता लगाएर प्रहरीमाथि हातपात गरे’ प्रत्यक्षदर्शीले भने, ‘आक्रमण गर्नेहरुले प्रहरीको पोशाक च्यातिदिए भने हतियारसमेत खोसेका थिए । पछि थप प्रहरी आएपछी मात्र उनीहरूले छोडेका हुन् ।’

यस्तो घटना भए पनि मौलापुर प्रहरीले यसलाई गोप्य रुपमै मिलाउँन खोज्दै घटना सार्वजनिक गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...