बाँकेको नरैनापुरमा सेना परिचालन



हाम्रो इकोनोमि

 

बाँकेको नरैनापुरमा निधेषाज्ञा जारी गर्दै नेपाली सेना परिचालन गरिएको छ।  संक्रमित व्यक्तिलाई आइसोलेसनमा ल्याउन खोज्दा संक्रमित र स्थानीयले विरोध प्रदर्शन गरेर समुदायमा पनि कोरोना फैलिने खतरा रहेकाले सेना परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको हो।

जिल्ला सुरक्षा समितिको बैठकले आइतबार राति ८ बजेदेखि लागू हुने गरी नरैनापुर गाउँपालिकाको सम्पूर्ण क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने, नेपाली सेनासमेत परिचालन गर्ने, डाक्टर, स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भएको समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

सुरक्षा समितिले सुरुमा कोरोना संक्रमित देखिएका क्वारेन्टाइनलाई सिल गरिएको थियो भने संक्रमितको संख्या बढ्दै जाँदा गाउँपालिकालाई नै सिल गरिएको थियो। ‘पहिले क्वारेन्टाइन सिल गर्‍यौं, पुगेन। त्यसपछि गाउँपालिका पूरै सिल गरेका थियौं। सिलले मात्र भएन। त्यसैले निषेधाज्ञा नै घोषणा गरेका हौं। सेना परिचालन गरेका हौं।’

नेपालगन्जको राँझास्थित नेपाली सेनाको भैरवप्रसाद गणका गणपति नकुल थापाका अनुसार मेजर सुरेशकुमार स्वाँरको कमाण्डमा ४० जना सेना रहने गरी आइतबार अपरान्हदेखि नै नरैनापुरमा नेपाली सेनाको अस्थायी वेस क्याम्प स्थापना गरिएको हो। नरैनापुर ६ को जयकिसन माविमा रहने सेनाको टोलीले पेट्रोलिङ गरेर गाउँपालिका भरी सुरक्षा प्रदान गर्ने गणपति थापाले बताए।

‘सेनाको टोलीले नरैनापुरका क्वारेन्टाइन व्यवस्थापन, सिल गरिएको क्षेत्रलाई अनुगमन, लकडाउन प्रभावित गर्न बनाउन, शान्ति सुरक्षा र स्वास्थ्यकर्मीलाई सहज बनाउन भूमिका खेल्नेछ’, थापाले प्रष्ट पारे।

सुरक्षा समितिले नरैनापुरमा चिकित्सकसहितको टोली खटाउने निर्णय गरेको छ। भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार हरेक दिन एकदेखि दुईजना मेडिकल अफिसर स्तरका चिकित्सक नरैनापुरमा खटिनेछन्। डा. थापाले भने, ‘क्वारेन्टाइनमा अरु स्वास्थ्यकर्मी बस्नेछन्। हाम्रा चिकित्सक बिहान गएर साँझ फर्र्किनेछन्।’

कोरोना अति प्रभावित क्षेत्रको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेमा ८ जना मेडिकल अफिसर पठाएको छ। उनीहरुले भेरी अस्पतालको मातहतमा क्यान्सर अस्पतालको क्वारेन्टाइन र भेरी अस्पतालमा काम गरिरहेको थापाले बताए।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सेना परिचालन हुने कुराले सुरक्षा व्यवस्था मजबुत हुने विश्वास गरे। नरैनापुर गाउँपालिकाले शनिबार बाँकेको नरैनापुर गाउँपालिकामा एक सय १४ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये नरैनापुर ५ मा मात्र ५८ जनामा कोरोना संक्रमण पुष्टि भइको छ। सोही वडाका २५ वर्षका युवाको कोरोनाबाट ज्यान गइसकेकोको छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...