अवकाशप्राप्त अधिकृतको कमाइ २६ करोड, जहाँ सरुवा त्यहीँ घर–घडेरी



हाम्रो इकोनोमि

 

गाविस सचिवका रूपमा सेवा प्रवेश गरेर अधिकृतबाट अवकासप्राप्त सरकारी कर्मचारीले जागिरे अवधिमा कति आर्जन गर्न सक्लान् ? सीमित कमाइबाट आफ्नो र परिवारको आवश्यकता पूरा गरेर इमानका साथ कमाइ गर्न कठिनप्रायः नै छ ।  यही यथार्थमा जेलिएका कर्मचारीले जीविकोपार्जन असहज भएको भन्दै तलब तथा सेवा सुविधा वृद्धिको माग गरिरहेका हुन्छन् ।

तर, ३६ वर्ष सरकारी सेवा गरेर अधिकृतबाट रिटायर्ड एक कर्मचारीले सेवा अवधिमा २६ करोड ६० लाख ६९ हजार ६२ रूपैयाँ आर्जन गरेकाे पाइएकाे छ ।

गाविस सचिवका रूपमा ०३९ मा सेवा प्रवेश गरेर अधिकृत हुँदै अवकास ऋषिराम अर्यालले आफ्नो जागिरे अवधिमा यति धेरै रकम आर्जन गरेका हुन् ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार, आयोगले गरेको अनुसन्धानका क्रममा उनले पद र अधिकार दुरूपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको फेला परेको छ ।

अर्यालले जागिरे अवधिमा २६ करोड ६० लाख ६९ हजार ६२ रूपैयाँ आम्दानी गरेको भेटिएको छ । आयोगका अनुसार, यसमा ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ रूपैयाँको मात्र स्रोत खुलेको छ । बाँकी १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रूपैयाँको स्रोत खुलेको छैन ।

आफ्नो जागिरे अवधिमा अर्यालले अकुत सम्पत्ति आर्जन गरेको भेटिएपछि मंगलबार उनीसहित उनका छोरा, श्रीमतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार, गैरकानुनी ढंगले आर्जित १७ करोड ८३ लाख ४१ हजार ५७९ रूपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।

जहाँ सरुवा, त्यही घर घडेरी

अर्याल ०३९ साउन १ बाट सरकारी सेवामा प्रवेश गरेका थिए । सुरुमा उनको पोष्टिङ स्याङजामा भयो । त्यहाँ उनको सुरुवाती भूमिका गाविस सचिवको थियो । सरकारी सेवाको आखिरीमा उनी टोखा नगरपालिकाको कार्यकारी अधिकृत थिए । निजामती सेवामा ३६ वर्ष बिताएका उनी यहीँबाट अवकास भए । जागिरे कालखण्डमा उनले देशका विभिन्न भागमा काम गर्ने मौका पाए ।

राष्ट्र सेवा गर्ने कसम खाए पनि उनको ध्यान भने कसरी व्यक्तिगत सम्पत्ति आर्जन गर्ने भन्नेमै केन्द्रित रहेको अख्तियारको अनुसन्धानले देखाउँछ । अख्तियारका अनुसार, अर्यालले सरुवा भएर जहाँ पुग्यो, त्यही घर तथा घडेरी जोडेको पाइएको छ । यसरी घर र घडेरी जोड्न उनले आफ्नो शक्तिको भरपुर दुरूपयोग गरेको अख्तियारको भनाइ छ ।

‘राष्ट्रसेवक कर्मचारीको रूपमा लामो समय काठमाडौं जिल्लाका साविकको धापासी गाविस, टोखा सरस्वती गाविस र भीमढुंगा गाविसमा सचिवका रूपमा कार्यरत रही टोखा नगरपालिकामा निमित्त कार्यकारी अधिकृतको रूपमा समेत कार्यरत रहेका निजले आफू कार्यरत रहेका गाविस तथा कार्यक्षेत्रअन्तर्गतका स्थानहरुमा अधिकांश घरजग्गाहरु सिर्जना गरेको पाइएको छ,’ अख्तियारद्वारा जारी अभियोगपत्रमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...