भारतमा एकै दिन १३१ को मृत्यु , संक्रमितको संख्या एक लाख नाघ्यो



हाम्रो इकोनोमि

 

छिमेकी देश भारतले लकडाउन, उच्च सुरक्षा सतर्कता र कोरोना परीक्षणलाई तीब्रता दिए पनि संक्रमित हुने र ज्यान गुमाउनेको संख्या भने दिनदिनै बढिरहेको छ ।

कारोना नियन्त्रणका सबै प्रयास जारी रहे पनि भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । हालसम्म भारतमा एक लाख ३२८ जना कोरोना संक्रमित रहेको वर्ल्डओमिटरले जनाएको छ ।

सोमबार भारतमा चार हजार ६३० जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट भारतमा हालसम्म ३ हजार १५६ जनाको ज्यान गइसकेको छ । सोमबार मात्रै भारतमा १३१ जनाले कोरोना संक्रमणबाट ज्यान ज्यान गुमाएका छन् ।

आइतबार एकै दिन भारतमा पाँच हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका थिए । संक्रमितमध्ये अहिलेसम्म भारतमा ३९ हजार २३३ जना उपचारपछि निको भएका छन् ।
महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख १९ हजार ९ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट विश्वभर ३ हजार ४४१ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै विश्वभर ८८ हजार ६६८ जना नयाँ संक्रमित थपिएका छन् ।

एकै दिन अमेरिकामा २२ हजार भन्दा धेरै, ब्राजिलमा १४ हजार भन्दा धेरै, रुसमा झण्डै ९ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमण नियन्त्रणमा आएको चीनमा पनि सोमबार सात जना नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...