मौलापुर नगरपालिकामा दोस्रो चरणको राहत वितरण



 

राकोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि जारी गरिएको लकडाउन लम्बिदै गएको कारण मारमा परेका नगरवासीका लागि रौतहटको मौलापुर नगरपालिकाले दोस्रो चरणको राहत वितरण गरिरहेको छ । कोहि पनि नछुट्ने गरि नगरभरका सबै नागरिकका लागि नगरपालिकाले राहत कार्यक्रम सुरु गरेको छ । तर सबैले पाउने राहतको स्वरुप एकै किसिमको छैन ।

नगरपालिकाले गरीब, असहाय र ज्यालादारीमा आश्रित गरिबका लागि खाद्यान्न तथा धनी घरपरिवारका लागि धानको बिउ वितरण गरिरहेको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकमा ’लकडाउन’ लागू गरेसंगै देशैभरका नागरिक घरभित्रै बस्न बाध्य भएपछि मर्कामा परेका आफ्ना नगरवासीका लागि मौलापुरमा ‘धनीलाई धानको बीउ , गरीबलाई राहत, सम्पूर्ण नगरवासीलाई नगरप्रमुखको साथ’ कार्यक्रम संचालन गरिएको छ ।

दोस्रो चरणको राहत कार्यक्रम अन्तर्गत गरीब परिवारलाई २० किलो चामल, २ किलो दाल र १ किलो नुन लगायतको राहत सामग्री वितरण गरिदैछ भने धनी परिवारलाई खेतीका लागि ३५ किलो उन्नत धानको बिउ वितरण गरिदैछ ।

मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले पहिलो चरणमा वितरण गरिएको राहत सामाग्री सकिसकेको हुनाले नगरवासीलाई अप्ठ्यारो परेको र किसानहरुले धानबाली लगाउने बेला रहेकोले उक्त कार्यक्रम संचालन गरिएको बताइन् ।

प्रदेश नम्बर २ मै एक मात्र महिला स्थानीय तह प्रमुख रहेकी मेयर साहले पहिलो चरणझै दोस्रो चरणमा पनि सामाजिक दुरी कायम गरेर सबै वडामा वितरण भइरहेको जानकारी दिइन् ।

यसअघि पनि नगरपालिकाले सम्पूर्ण ज्यालादारीमा आश्रित, असहाय र गरीब घरपरिवारका लागि घोषणा गरिएको राहतअन्तर्गत हरेक परिवारलाई २० किलो चामल, ४ किलो दाल र नगद ५ सय रुपैयाँलगायतको सामग्री प्रदान गरेको थियो ।

अन्य स्थानीय तहहरु नागरिकलाई वेवास्ता गरेको आलोचना भइरहेको अवस्था मौलापुर नगरपालिकाको यो कदम सराहनीय रहेको भन्दै प्रसंशा भइरहेको छ । नगरवासीप्रति जिम्मेवार भइ सरकारको कदमलाई सघाउने मौलापुर नगरपालिकाले गरेको कार्य उदाहरणीय छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्