जेठ ५ गतेसम्म लकडाउनलाई लम्ब्याउने सरकारको निर्णय



हाम्रो इकोनोमि

 

सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।

सचिवालय बैठकअघि ओली र प्रचण्डबीच छलफल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठकका एजेण्डा र स्थायी कमिटी बैठकमा पेश गर्ने प्रस्तावका सन्दर्भमा उनीहरुबीच छलफल भएको हो ।

नेकपा सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्दैछ । सो बैठकमा प्रचण्ड र महासचिव विष्णु पौडेलले सहमतिको दस्तावेज तयार पारेर ल्याउने भनिए पनि दुई अध्यक्षबीचमै कुरा नमिलेकाले प्रस्ताव लेखन नै अघि नबढेको स्रोतले जनाएको छ ।

दुवै अध्यक्षबीच सोमवार भएको छलफलमा मंसिर ४ गतेको निर्णयमा फर्किने र सरकार तथा पार्टी काममा एक–एकजना अध्यक्ष पूर्ण रुपमा संलग्न रहने सहमति भएको थियो । तर त्यसको मोडालिटीबारे सहमति नभएको र माधव नेपाल पक्षलाई समेत मिलाउनुपर्ने भन्दै प्रचण्ड दुवै पक्षसँग परामर्शमा छन् ।

बामदेव खुमलटारमा

यसैबीच अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका नेकपा उपाध्यक्ष बामदेव गौतमले बुधवार विहानै अर्का अध्यक्ष प्रचण्डलाई भेटेर आफू पार्टीमा एकताको पक्षमा रहेको बताएका छन् ।

यसबीचमा बामदेव ओलीतिर लागेको बुझेपछि प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठ चार नेताको मात्र अलग छलफल भएको थियो । सो छलफलमा बामदेवले विश्वासघात गरेको चर्चा भएको थियो ।

गौतमले प्रचण्डलाई भेटेर आफू पार्टी बिभाजन हुनु हुँदैन भन्ने पक्षमा रहेको बताएका छन् । प्रधानमन्त्री पछिल्लो सहमति र पार्टी निर्णय अनुसार नै चल्नुपर्ने धारणा बामदेवले राखेको निकट स्रोतले जनाएको छ ।

दुई अध्यक्ष मिलेर स्थायी कमिटीमा प्रस्ताव ल्याउनु राम्रो हुने गौतमको सुझाव रहेको छ । प्रधानमन्त्रीले पनि यसअघि झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरुसँग परामर्श गरेका छन् ।

वैशाख २० गतेको सचिवालय बैठकको निर्णय अनसार अघि नबढे नेकपामा पुनः विवाद चर्किने नेताहरुले बताएका छन् । स्थायी कमिटी बैठकको एजेण्डा र राजनीतिक प्रस्तावकै विषयले सचिवालय बैठक पुनः प्रभावित हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...