रासन घोटाला गर्ने डीआइजीलाई मुद्दा, सिपाहीको टीएडीए खाने एसएसपीलाई उन्मुक्ति



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरुवा हुने सिपाही हवल्दारको नाममा टीएडीए निकालेर खाने तत्कालीन काभ्रे जिल्लाका एसपी (हाल एसएसपी) पूजा सिंहको अनुसन्धान सुरु गरेको लामो समय बितिसकेको छ । २०७१ भदौमा काभ्रे जिल्लाको प्रहरी प्रमुखमा सरुवा भएकी पूजा सिंह र लेखापाल धु्रव गौतमले सरुवा हुने प्रहरीका परिवारको टीएडीए खाएको पाइएपछि अख्तियारले छानबिन गरेको थियो ।

प्रहरीका परिवारले पाउनुपर्ने टीएडीए खाएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले लेखापाल गौतमलाई लेखापालबाट हटाएको थियो । तर ५ बर्षसम्म पनि टीएडीए खाने मुख्य दोषी कमाण्डर पूजा सिंहको अनुसन्धान टुंगिन सकेको छैन । र, विशेष अदालतमा मुद्दा दायर भएको छैन । बरु यसबीचमा सिपाहीको टीएडीए खाने सिंह एसएसपी बढुवा भइसकेकी छन् । उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् ।

५ बर्ष अनुसन्धानमै बित्यो ?

२०७२ असोज २२ देखि २०७३ माघ २३ सम्म सिन्धुलीको दुधौली तालिम केन्द्रको समादेशक बनेका पूर्वडीआइजी महेशविक्रम शाहबिरुद्ध तालिमे जवानको तलब हिनामिनाको आरोपमा अख्तियारले २०७६ फागुन २० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । शाहसँग सिपाहीको रासनमा अनियमितता गरेको आरोप लगाउँदै ३३ लाख ३८ हजार ८४ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । तर पूजा सिंहले २०७१ मै सिपाही हवल्दारको टीएडीए कीर्ते गरी खाएकोबारेमा प्रमाणसहित उजुरी परेर अनुसन्धान गरिसकेपछि मुद्दा दायर गरेको छैन ।

टीएडीए खाने पूजा सिंहको उजुरीमा अख्तियारले चासो राखेपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एक एसएसपीको कमाण्डमा छानबिन टोली गठन गरेको थियो । छानबिन टोलीले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो । प्रहरी प्रधान कार्यालयले छानबिन गरी टीएडीए खाएकै प्रतिवेदन दिएपछि पनि अख्तियारले मुद्दा दायर गरेको छैन ।
सरुवा हुने तल्लो दर्जाका प्रहरीलाई मात्र होइन, उनीहरुका परिवारलाई समेत राज्यले टीएडीए सुविधा दिने गरेको छ । तर कतिपय इन्चार्जले सरुवा भएर जानेहरुको टीएडीए दिए पनि उनीहरुका परिवारको नदिई कीर्ते गरेर खाने गरेको पाइएको छ । सरुवा हुने प्रहरीले बाबुआमा, श्रीमती र २ सन्तानको टीएडीए पाउँछन् ।

हाल संघीय प्रहरी कार्यालय पोखरामा एसपी रहेकी सिंह र लेखापाल गौतम मिलेर टीएडीए खाएको बिषयमा अख्तियारले त्यतिबेला कार्यरत १ सय ५० जनासँग बयान लिएको थियो । सरुवा हुने तल्लो दर्जाका सिपाही हवल्दारदेखि कनिष्ट अधिकृतका परिवारको टीएडीए तत्कालीन एसपी सिंह र लेखापाल गौतमले खाएको उजुरी परेको थियो ।

मुद्दा नचलाउन पूजा दम्पतीको चलखेल 

अख्तियारले डीआइजी शाहलाई मुद्दा दायर गरेपछि टीएडीए प्रकरणमा पनि मुद्दा दायर हुने अपेक्षा गरिएको थियो । मुद्दा दायर हुने संभावना देखेपछि पूजा सिंह र उनका पति प्राविधिक डीआइजी लोकेस सिंह अख्तियार प्रमुखसँग राम्रो सम्बन्ध भएकाहरुको खोजीमा लागे । लोकेस सिंहले क्याप्टेन रामेश्वर थापालाई चिनेका थिए । अख्तियार प्रमुखका छोरा उनको अफिसमा काम गर्ने भएकाले लोकेस र पूजा उनलाई भेट्न गए । र, अख्तियारमा मुद्दा नचलाइदिन र उजुरी तामेलीमा हालिदिने वातावरण बनाइदिन अनुरोध गरेका थिए । जुन अनुरोधका आधारमा उनीमाथि मुद्दा दायर हुन नसकेको स्रोत बताउँछ । अख्तियार स्रोतका अनुसार पूजा सिंहको उजुरी अहिले तामेलीमा पनि हालिएको छैन र मुद्दा चलाउनका लागि अगाडि पनि बढाइएको छैन । नेपालफेस अनलाईनबाट

प्रतिक्रिया दिनुहोस
राज्यलाई लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

    राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन र सरकारी...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...