राजधाजी प्रवेश गर्ने ६ वटा नाका सिल गर्न प्रशासनको सुझाव



हाम्रो इकोनोमि

 

उपत्यकाको तीनवटै जिल्ला प्रशान कार्यालय काठमाडौंले राजधानी प्रदेश गर्ने सबै नाका सिल गर्नुपर्ने बताएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले राजधानी प्रवेश गर्ने फर्पिङ, थानकोट, जगातीरसाँगा ,तीनपिप्ले–मुड्खुभञ्ज्याङ, जर्सिङपौवा र कात्तिके नाका सिल गर्नुपर्ने सुझावसहितको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी सुरक्षा कार्ययोजना तयार पारेका हुन् ।

उपत्यकाबाहिरबाट भित्रिने मानिसबाट कोरोनाको संक्रमण फैलिनसक्ने उच्च जोखिम रहेको ठहर गर्दै तीन वटै प्रशासनले अत्यावश्यक सेवा र मानवीय संवेदनासँग सम्वन्धितबाहेक सबैको आवागमन नियन्त्रण हुने गरी कार्ययोजना तयार पारेका हुन् ।

प्रशासनका अनुसार बाहिरबाट आउने मानिसको आवागमन रोक्न सके उपत्यकाभित्र लकडाउनलाई खुकुलो बनाउने र दैनिक जीवनयापनका साथै अत्यावश्यक सेवाप्रवाहलाई सहज बनाउँदै लगिने रणनीति अपनाउने यस्तो कार्ययोजना बनाइएको छ ।

यसैगरी राजधानी प्रदेश गर्ने मुख्य ६ वटा नाका फर्पिङ, थानकोट, जगातीरसाँगा ,तीनपिप्ले–मुड्खुभञ्ज्याङ, जर्सिङपौवा र कात्तिकेमा अस्थायी पूर्वाधार व्यवस्थापन गरी स्वास्थ्यकर्मीसहितको ‘कोरोना डेडिकेटेड’ टोलीलाई एम्बुलेन्ससहित तयारी अवस्थामा राख्नुपर्ने प्रस्ताव प्रशासनले गरेको छ । साथै स्वास्थ्योपचारको व्यवस्थासहित क्वारेन्टाइन स्थल निमार्ण गर्नुपर्ने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी अचार्यले भने–‘नुवाकोटबाट प्रवेश गर्ने बालाजुमाथिको तीनपिप्ले–मुड्खुभज्याङ, सिन्धुपाल्चोक जोड्ने जर्सिङपौवा, काभ्रेबाट प्रवेश गर्ने कात्तिके र जगातीरसाँगा, धादिङबाट प्रवेश गर्ने थानकोट तथा मकवानपुरबाट आउने फर्पिङ नाकालाई अत्यावश्यक र मानवीय संवेदनासँग सम्बन्धितबाहेक सिल गरेर आवागमन नियन्त्रण गर्नुपर्ने प्रस्ताव तयार पारेका छौं ।’

ती नाकाको स्थलगत निरीक्षणका लागि हिजो (मंगलबार) दिनभर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको सुरक्षा टोली पुगेको थियो ।

लकडाउन कार्यान्वयनसम्बन्धी कार्ययोजना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा पेस गरिने छ भने यसबारे निर्णय सीसीएमसीले निर्णय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...