ट्रान्सपोर्टको नाममा तातोपानीबाट सुन तस्करी, यी हुन मुख्य कारोबारी



 

लकडाउनका बेला सहज आयात हुनुपर्ने तातोपानी नाकामा अहिले तस्करका कारण तनाव सिर्जना भएको छ । खुल्ला प्रतिश्पर्धा भएपनि सिल्क ट्रान्सपोर्टका नाममा एकलौटी सामान ढुवानी हुन थालेपछि तनाव सिर्जना हुन थालेको हो । नेकपाका नेता तथा बाह्रविसे नगरपालिकाका मेयरको निमफुञ्जो शेर्पाको संरक्षण पाएका बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेका कारण स्थानीय अवरोधसमेत गरेका थिए । तर, स्थानीय प्रहरी,प्रशासनलाई प्रभावमा पारेर ती गाडीहरु चेकजाँचसमेत नभएपछि स्थानीय पनि आक्रोशित भएका छन् । अहिले नेपाल आइरहेको सामान सबै सिल्क ट्रान्सपोर्टले ल्याइरहेको छ ।

चिनियाँ मुसा भन्ने कम्पनी र बाह्रविसे नगरपालिकाका रमेश शेर्पासहित केहि नेपालीको आधा लगानी रहेको सो ट्रान्सपोर्टका दुईसमय धेरै कन्टेनर छन् । अहिले नेपालमा ल्याइने सबै सामान ढुवानी गर्ने काम सबै यहि कम्पनीको एकलौटी छ । कन्टेनरहरु अहिले रातारात नेपालतर्फ सामान ल्याउन प्रहरीकै स्कर्टीङमा लागिपरेका छन् । अत्यावश्यक र आवश्यक सामान ल्याउन छुट सरकारले दिएको अवसरको फाइदा उठाउँदै सूनको तस्करी व्यापक भइरहेको जानकारहरु बताउँछन् । यी सामानहरु तिव्वतमा वा खासामा मात्र सेटीङ भएर आउने नभइ ग्वानजाओबाटै सेटीङ भएर आउनेब्यसायीहरु बताउँछन् । को हुन् रमेश शेर्पा ? केही समय अघिसम्म सामान्य झोलेपोके काम गर्ने साविक गाती गाविसका रमेश बाह्रविसे नगरका मेयर तथा सिन्धुपाल्चोक नेकपा नेता निमफूञ्जो शेर्पाका भान्जा हुन् ।

सामान्य परिवारमा जन्मेका रमेशको अहिलेको आर्थिक अवस्था देख्नेहरु जो कोही पनि जिभ्रो टोक्ने गर्दछन् । सामान्य ब्यवसायी रमेशको अहिले काठमाडौ जोरपाटीमा तीन रोपनी जग्गामा आलिशान महल छ । महलभित्रै स्वीमिङपूल रहेको घरमा भूमिगत गोदाम रहेको शंका गर्नेहरु धेरै छन् । चीन बाट भारत सुन तस्करी गर्ने रमेशको सामान तीन पटक भारतमा समेत पक्राउ परेको थियो । भारतको सिलगुढीमा रमेशमा भिनाजू १६ केजी अवैध सुनसहित पक्राउ परेका थिए । त्यस्तै काठमाडौंको महाबौछमा पनि उनको भिनाजूको दाई २० केजी सुनसहित पक्राउ परेका थिए । उनीहरु तीन महिना जेल बसेर निस्किएका थिए । हुण्डी कारोवारमा पनि नेपाल प्रहरीले रमेशलाई खोजी गरेपनि उनका कामदारहरुमात्र पक्राउ परेका छन् ।

नेपालका बिभिन्न स्थानमा पक्राउ परेको सुनमा पनि रमेशकै नाम जोडिने गरेको छ । तर, उनी पहुँचका भरमा नसमातिने र भरियामात्र पक्राउ पर्ने गरेको जानकारहरु बताउँछन् । भोटकोशी गाउँपालिको तातोपानी नाका नजिकै निर्माण भईरहेको १६ दमलवल २६ क्षमताको हिमरिभर हाईड्रोमा दश करोडको शेयर लगानी गरेका शेर्पाको अबैध ब्यवसायका कारण करोडौंको आम्दानी भएको उनको निकटहरु बताउँछन् । यो हाईड्रोमा पहिले अध्यक्ष रहेका रमेशल ेअहिले अध्यक्ष छोडेर नेकपाका नेता सरलसहयात्री पौडेललाई अध्यक्ष बनाएका छन् ।

आफ्नो भिनाजूलाई साथ लिएर काम गर्ने रमेशले मामा नाता पर्ने बाह्रवीसे नगरपालिकाको मेयर निमफुञ्जो शेर्पालाई चुनावमा तीन करोड रुपैयाँ सहयोग गरेका थिए । सोही सहयोगका आधारमा मेयर शेर्पाले रमेशको अवैध कामलाई सहयोग गर्ने गरेको रमेशका एक नजिकका ब्यक्तिले जानकारी दिए । तातोपानी भन्सार प्रमुख लालबहादुर खत्री,प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रज्ज्वल महर्जनले रमेशको काममा सहयोग गरेको स्थानीय बताउँछन् । तर, प्रहरी प्रशासन भने आफूहरुले त्यसो नगरेको बताउँछ ।

‘प्रहरी प्रशासनलाई सहयोगमा लिएपछि जे काम गरेपनि सजिलो हुने रहेछ ।’ रमेशले आफूसँग पटक पटक यस्तो अभिब्यक्ति दिने गरेको उनको एक साथीले बताए । सिल्क ट्रान्सपोर्टमार्फत नेपाल ल्याईएको सामान अहिले पनि प्रहरी प्रशासनले चेकजाँच नगरी पठाउने गरेको छ । कोरोना भाइरस(कोभिड–१९) को संक्रमण भित्रने भन्दै भोटेकोशीका वडाध्यक्षले ज्ञापनपत्रमार्फत लिखित विरोध जनाएपछि चीनबाट ल्याइएका स्याउ र लसुन बोकेका कन्टेनर स्कटिङ गरेर ल्याईएको बताईन्छ । नेपाल र सशस्त्र प्रहरीको गाडी अघिपछि लगाएर कन्टेनर ल्याईएको छ । अति आवश्यक सामान मात्र ल्याउनुपर्ने भन्दै भोटेकोशी गाउँपालिकाका ४ जना वडा अध्यक्षले तातोपानी भन्सारलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले स्वास्थ्य सामाग्री मात्र ल्याउन माग गरेका छन् ।

जबरजस्ती सामान ल्याएमा र संक्रमण नहुने ग्यारेन्टी नगरेमा आयातित स्याउ र लसुन नष्ट गर्ने चेतवानी वडाध्यक्षले दिएका थिए । उनीहरुले धम्की दिएपछि कन्टेनरलाई सुरक्षा दिएर बन्दरगाहमा प्रवेश गराइएको हो । भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार सीमामा आएको सामानलाई सुरक्षा दिनुपर्ने भएकाले स्कटिङ गरिएको हो । पछिल्लो समय संघीय सरकारले तातोपानी नाका सञ्चालन गरेर स्वास्थ्यसँग सम्बन्धित र अतिआवश्यक अन्य खाद्य सामाग्री ल्याउने निर्णय गरेको थियो ।

 

यही मौकामा तस्करीका सामान ल्याईएको ब्यवसायीहरुको भनाई छ । दाल, चामल, नुन आदी) ल्याएपनि लसुन र स्याउ ल्याउन नदिने जनप्रतिनिधिको भनाई छ । लसुन र स्याउ ल्याउँदा कोरोना संक्रमण हुने खतरा रहेको भनाई उनीहरुको छ । सामान ल्याउन लागेको थाहा पाएपछि वडाध्यक्षहरुले प्रहरी स्कटिङको भिडियो नै सार्वजनिक गरेका थिए । उनीहरुले स्कटिङ नै गरेर सामान ल्याउँदा शंका गर्नुपर्ने ठाउँ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्