ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, ७ घर जले



 

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा फेरि आगलागी भएको छ । शुक्रबार करिब १० बजेदेखि शुरु भएको आगालीबाट ११ वटा पसल रहेको ७ वटा घर जलेर पूर्ण रुपमा क्षेति भएको छ ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार क्षतिको पूर्ण विवारण भने आउन बाँकी छ । आगलागी शुरु भएको दुई घण्टापछि राती १२ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागी हुनुको कारण अहिलेसम्म यकिन नभइसकेको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए । तर, मान्छे नभएको खाली घरबाट आगलागी शुरु भएको भन्ने छ ।

आगो पूर्ण नियन्त्रणमा लिन शनिबार बिहानसम्म पनि स्थानीय नागरिक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए ।

आगलागीले खेम केसीको ४ तले पक्की घर पूर्णरुपमा जलेको छ भने चन्द्रप्रसाद निरौलाको पाँत तले घरको आधा भाग जलेको छ ।

जस्तापाताले छाएका नेत्र कार्की, भट्टराई बन्धुका दुई घर र टेकबहादुर लेछर्बोका घर जलेका छन् ।

यसअघि सदरमुकामको वीरेन्द्र चोक, सदरमुकामको प्रवेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्