नेपाल कस्टमेटिक व्यवसायी संघको राहत वितरण



हाम्रो इकोनोमि

 

नेपाल कस्टमेटिक व्यवसायी संघले तिन संस्थालाई राहत सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित बनेकाहरुलाई राहत वितरण गर्नका लागि राहत सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष रञ्जित पौडेलले बताए । कस्टमेटिक व्यवसायी संघले उपकार सेवा नेपाल काठमाडौं ,आब्हन युवा संञ्जाल काठमाडौं र नयाँवस्ती युवा क्लब काठमाडौंलाई बुधबार राहत सामग्री हस्तान्तरण गरेको हो ।

कोरोना भाइरस (कोभीड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि उपकार सेवा नेपालले निरन्तर रुपमा अस्पतालहरुमा रहेका बिरामीका कुरुवा,सडक तथा मन्दिरहरुमा आश्रय लिएर बसेका मानिस,अलपत्र परेका मजदुर,सडक बालबालिका तथा दिन दु खीहरुलाई दैनिक १ हजारभन्दा बढीलाई खाना खुवाई रहेको छ । यस्तै आब्हन युवा संञ्जालले दैनिक ५ सय जनालाई र नयाँवस्ती युवा क्लवले पनि दैनिक १ हजार जना अलपत्र परेका मजदुर,सडक बालबालिका तथा दिन दु खीहरुलाई खान पकाएर वितरण गरिरहेको संस्थाले बताएका छन् ।

खाना पकाएर खुवाउदा वास्तविक भोकाहरुको पेटमा भोजन पुग्ने भएकोले उक्त संस्था मार्फत राहत वितरण गरिएको अध्यक्ष पौडेलले बताए । राहत सामग्री बुझ्दै उपकार सेवा नेपालका राकेश अग्रवाल र नविन अग्रवालले संस्थालाई उपलब्ध भएको राहत सामग्री भोकाहरुसम्म पु¥याउन आफुहरु माध्यममात्र भएको बताउदै सहयोग गरेकोमा संघलाई धन्यवाद दिए । कस्टमेटिक व्यवसायी संघले ३ वटा संस्थालाई दश–दश बोरा चामल ,तेल,नुन र दाल लगाएतका सामग्री उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...