नेपाल कस्टमेटिक व्यवसायी संघको राहत वितरण
नेपाल कस्टमेटिक व्यवसायी संघले तिन संस्थालाई राहत सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित बनेकाहरुलाई राहत वितरण गर्नका लागि राहत सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष रञ्जित पौडेलले बताए । कस्टमेटिक व्यवसायी संघले उपकार सेवा नेपाल काठमाडौं ,आब्हन युवा संञ्जाल काठमाडौं र नयाँवस्ती युवा क्लब काठमाडौंलाई बुधबार राहत सामग्री हस्तान्तरण गरेको हो ।
कोरोना भाइरस (कोभीड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि उपकार सेवा नेपालले निरन्तर रुपमा अस्पतालहरुमा रहेका बिरामीका कुरुवा,सडक तथा मन्दिरहरुमा आश्रय लिएर बसेका मानिस,अलपत्र परेका मजदुर,सडक बालबालिका तथा दिन दु खीहरुलाई दैनिक १ हजारभन्दा बढीलाई खाना खुवाई रहेको छ । यस्तै आब्हन युवा संञ्जालले दैनिक ५ सय जनालाई र नयाँवस्ती युवा क्लवले पनि दैनिक १ हजार जना अलपत्र परेका मजदुर,सडक बालबालिका तथा दिन दु खीहरुलाई खान पकाएर वितरण गरिरहेको संस्थाले बताएका छन् ।
खाना पकाएर खुवाउदा वास्तविक भोकाहरुको पेटमा भोजन पुग्ने भएकोले उक्त संस्था मार्फत राहत वितरण गरिएको अध्यक्ष पौडेलले बताए । राहत सामग्री बुझ्दै उपकार सेवा नेपालका राकेश अग्रवाल र नविन अग्रवालले संस्थालाई उपलब्ध भएको राहत सामग्री भोकाहरुसम्म पु¥याउन आफुहरु माध्यममात्र भएको बताउदै सहयोग गरेकोमा संघलाई धन्यवाद दिए । कस्टमेटिक व्यवसायी संघले ३ वटा संस्थालाई दश–दश बोरा चामल ,तेल,नुन र दाल लगाएतका सामग्री उपलब्ध गराएको छ ।