भारतमा रोकिएका नेपालीको धमाधम उद्धार



हाम्रो इकोनोमि

 

दुई हप्तादेखि स्वदेश फिर्तीको आशामा बसेका नेपाली नागरिक बिहीबार बैतडीको सीमा नाकाबाट घर फर्किन पाएका छन् ।

बैतडीको सीमा पारी रहेका नेपालीको बिहीबार विहानैदेखि उद्धार भइरहेको छ । भारतको पिथौरागड जिल्लामा करिब ८ सय नेपाली स्वदेश फिर्तीको प्रतीक्षामा रहेका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

आफ्नो गाउँ आएपछि उनीहरुले स्थानीय तहले बनाएको क्वारेन्टाइनस्थलमा बस्नुपर्ने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र नेगीले बताए ।

‘बैतडीका सबैभन्दा धेरै नागरिक पारी (भारतमा) अलपत्र परेका छन्’ उनले भने, ‘उहाँहरुलाई उद्धार गरेर स्थानीय तह पठाउने काम भइरहेको छ ।’

केही स्थानीय तहका जनप्रतिनिधिनै सीमा क्षेत्रमा आफ्ना नागरिक लिन पुगेका छन् । बैतडीको सीमा नाकामा पुर्चाैडी नगरपालिकाले ५ वटा बस पठाएको छ । झुलाघाट सीमा पारी सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका साथै कर्णाली प्रदेशका पनि केही नागरिक स्वदेश फर्किने प्रतीक्षामा रहेका छन्।

कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै सरकारले १० चैतमा नेपाल– भारत सीमा बन्द गर्ने निर्णय गरेको थियो । त्यतिबेला भारतीय क्षेत्रमा करिब २ हजार जना नेपाली रोकिएका थिए ।

नेपाल र भारत सरकारले सीमा क्षेत्रमा अलपत्र नागरिक जुन देशको भए पनि उनीहरु रहेकै देशको क्वारेन्टाइनमा राख्ने सहमति गरेका थिए । त्यसपछि भारतीय क्वारेन्टाइनमा दुई हप्ता समय बिताएका नेपाली स्वदेश फर्किन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...