वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय



हाम्रो इकोनोमि

 

सरकारले लकडाउनलाई २५ गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै खतरामुक्त भइनसकेकाले कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास जारी राख्नुपर्ने बताएका थिए । वैशाख २५ सम्म लकडाउन गर्ने र स्थितिमा सुधार आए सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन संसद अधिवेशन आहृवान गर्न सकिने उनले बताएका छन् ।

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको भन्दै लकडाउन तत्काल खुला गर्न नहुने निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले लकडाउन १० दिन थपेकाे छ ।

नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लकडाउन १५ वैशाखसम्म थियो ।

पछिल्लो समयमा लकडाउनकै बेलामा सरकारले काठमाडौंबाट नागरिकहरुलाई बाहिरी जिल्लामा जान अघोषितरुपमा छुट दिँदै आएको छ ।

तर संक्रमितको संख्या पनि बढिरहेको छ । उदयपुरको भुल्केमा समुदाय स्तरमा संक्रमण देखिएको छ भने संक्रमित पनि बढेर ५२ पुगेको छ ।

सीमा नाका ३१ गतेसम्म बन्द

मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय सीमा नाकामा आवागमन वैशाख ३१ गतेसम्म रोक्ने निर्णय गरेको छ ।

बाहृय जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाल बताए । यसअघि शनिबार बसेको उच्चस्तरीय समन्वय समितिले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान जेठ २ गतेसम्म रोक्ने निर्णय गरिसकेको छ ।

यस्तै सरकारले सरकारले ईपीसी अन्तरगत दक्षिण कोरिया मार्फत कामदार पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...