कोरोनाबाट विश्वरभर १ लाख ९० हजार बढीको मृत्यु, २७ लाखबढी संक्रमित



हाम्रो इकोनोमि

 

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ भने, संक्रमितको संख्या २७ लाख नाघेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइर संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुगेको छ भने, विश्वभर कोरोना भाइरस संक्रमणका कारण १ लाख ९० हजार चार सय ९० जनाको मृत्यु भएको छ । जसमा अमेरिकामा मात्र ४९ हजार ८ सय जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८ लाख ४५ हजार रहेको छ । विश्वभर अहिलेसम्म ७ लाख ३८ हजार जना निको भएर घर फर्किएका छन् । अमेरिकामा ८० हजार जना निको भएका छन् । अमेरिकापछि बढी प्रभावित इटलीमा मृतक संख्या २५ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार जना संक्रमित भएका छन् । स्पेनमा संक्रमित संख्या २ लाख १३ हजार छ भने मृतक संख्या २२ हजार १ सय ५७ रहेको छ ।

फ्रान्समा १ लाख ५९ हजार एक सय ६० जना संक्रमित भएका छन् भने २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । बेलायतमा १ लाख ३९ हजार संक्रमित छन् भने १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ब्राजिलमा बिहीबार ४ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या झण्डै ५० हजार पुगेको छ। त्यसैगरी बिहीबार जर्मनीमा २६०, बेल्जियममा २२८, टर्कीमा ११५, क्यानाडामा १७३, मेक्सिकोमा ११३, नेदरल्यान्डमा १२३, इरानमा ९० र स्वीडेनमा ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा ४० जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या ७ सय २१ पुगेको छ भने संक्रमित २३ हजार ३९ पुगेका छन्। त्यहाँ बिहीबार एकै दिन १६ सय ६९ जना नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...