कोरोना प्रकोप : मृतकको संख्या एक लाख नाघ्यो, अमेरिकामा मात्रै १८ हजारभन्दा बढीको मृत्यु



हाम्रो इकोनोमि

 

कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख दुई हजार ६ सय ७ रहेको छ ।

त्यस्तै शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ९४ हजारभन्दा बढी रहेको छ। संक्रमितमध्ये करिब ३ लाख ७६ हजार भने निको भएको जोन होप्किन्स विश्वविद्यालयले जनाएको छ।

 

अमेरिकामा मात्रै १८ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको अमेरिकामा मात्रै शनिबार बिहानसम्म १८ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या करिब ५ लाख रहेको छ भने निको हुनेको संख्या २८ हजार ७ सय ९० रहेको छ। अमेरिकामा शुक्रबार मात्रै २० हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने एक हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ। अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने न्युयोर्क सबैभन्दा बढी प्रभावित भएको छ। कोरोना भाइरसबाट अमेरिकाको योमिङ राज्यमा भने अहिलेसम्म कसैको मृत्यु भएको छैन।

त्यस्तै शनिबार बिहानसम्म इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय ४९ रहेको छ। त्यस्तै इटालीमा संक्रमितको संख्या करिब एक लाख ४७ हजार रहेको छ। संक्रमितमध्ये करिब ३० हजार निको भएका छन्।

त्यस्तै शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट स्पेनमा १६ हजार ८, फ्रान्समा १३ हजार २ सय १५, बेलायतमा ८ हजार ९ सय ७४, इरानमा ४ हजार २ सय ३२, चीनमा ३ हजार ३ सय ४०, बेल्जियममा ३ हजार १९, जर्मनीमा २ हजार ७ सय ६७, नेदरल्यान्ड्समा २ हजार ५ सय २०, ब्राजिलमा एक हजार ६८, टर्कीमा एक हजार ६ र स्विजरल्यान्डमा एक हजार २ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...