उपत्यका बाहिर जाने निर्णय भएको छैन-गृह मन्त्रालय



हाम्रो इकोनोमि

 

काठमाडौं उपत्यका बाहिर जाने कुनैपनि निर्णय नभएको गृहमन्त्रालयले जनाएको छ । केही समयअघि कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरिय समितिले दुई दिन उपत्यका बाहिर जाने दिने निर्णय भएको समाचार बाहिरिएको थियो ।

तर उच्चस्तरिय समितिका संयोजक इश्वर पोखरेलले त्यस प्रकारको कुनैपनि निर्णय नभएका बताएका छन् । शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट गाउँ फर्कन दिने निर्णय गरेको समाचार प्रकाशित भएको थियो । ‘त्यस्तो निर्णय भएको भए हामीलाई खबर आउँथ्यो, अहिलेसम्म यस विषयमा गृहले कुनै छलफल र निर्णय पनि भएको छैन,’ गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले भने, ‘सबैको जोड र ध्यान लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र रोगविरुद्ध चालिएका कदमलाई प्रभावकारी बनाउने भन्नेमा हामी केन्द्रित छौं।’

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति संयोजक रहेका उपप्रधानमन्‍त्री पोखरेलले केही मन्त्रीसँगको छलफलपछि उपत्यकाका नागरिकलाई गाउँ जान दिने निर्णय सार्वजनिक गरेका थिए।उपत्यकाबाट बाहिर जान दिने निर्णयलगत्तै भौतिक पूर्वाधात तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेललाई भेट्‍न पुगेका थिए। त्यसलगत्तै मन्त्री नेम्वाङले यातायात खुलाउने निर्णय कार्यान्वयन गराउन नसक्ने धारणा बाहिर ल्याएका हुन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...