राप्ती २ मा ज्याला मजदुरी गरिखाने परिवारलाई राहत वितरण



 

राप्ती नगरपालिका वडा नं २ का कोरोना भाइरस प्रभावित अति विपन्न तथा दैनिक ज्याला मजदुरी गरिखाने परिवारलाई राहत वितरण गरिएको छ । बुधबार वडाका ५ सय ७७ अति विपन्न परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले जानकारि दिनुभयो । नगरपालिकाको कार्यविधि अनुसार ४ जनासम्मको परिवारलाई १० केजि चामल र सोभन्दा बढी भएकालाई १५ केजिका दरले चामल दिइएको उनले बताए । यसबाहेक हरेक परिवारलाई २ केजी दाल, १ लिटर तेल,१ पोका नुन तथा २ वटा साबुन वितरण गरिएको छ । वडाका अति बिपन्न परिवारको तथ्याङ्क विभिन्न टोल विकास संस्था, जनप्रतिनिधि तथा सामाजिक व्यक्तिहरुको अगुवाइमा तयार गरिएको अध्यक्ष उप्रेतीले बताए । उनले राहत आवश्यक अति बिपन्न कुनै परिवार छुट्न गएमा तत्काल जानकारि गराउन समेत सबैलाई आग्रह गरेका छन ।

राहत वितरण विभिन्न टोलसुधार समिति मार्फत गरिएको थियो । अध्यक्ष उप्रेतीले विपन्न पहिचान तथा राहत वितरणमा सहयोग पुर्याउने विभिन्न राजनीतिक दल, सामाजिक व्यक्तिहरुलाई धन्यवाद दिए । अति सरल तरिका बाट राहत वितरण गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो। राहत बितरण कार्यको अध्यक्ष उप्रेती स्वयम् आफै उपस्थित भएर विभिन्न टोलमा निरीक्षण गर्नुभएको थियो भने वडाको राहत वितरण समिति आफै खटिएको थियो ।

 

सामाजिक काममा क्रियाशिल अध्यक्ष उप्रेतीको पहलमा राप्ती २ ले यसअघि कोरोना भाइरस बाट सुरक्षित रहन वडाका विभिन्न स्थानमा हातधुने व्यवस्था समेत गरेको थियो। त्यसबाहेक विभिन्न जनचेतनामूलक कार्यक्रम, डिसइन्फेक्सन छर्ने लगायत काम गरेको थियो भने आज हरेक टोल टोलमा फेरि औसधि छर्ने काम पनि पुन सुरुगरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा