थला पर्दैछन् युरोप र अमेरिका, संक्रमित नेपालीको तथ्यांक छैन



हाम्रो इकोनोमि

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा ज्यान जानेको संख्या छ हजार नाघेको छ । चीन, इटली, स्पेनपछिको कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप छ सय बढी संक्रमितको ज्यान गएपछि कुल मृतकको संख्या छ हजारमाथि पुगेको हो ।

अमेरिकाका उच्च स्वास्थ्य अधिकारी डा. एन्थोनी फौसीले मृतकको संख्या छ हजार नाघेसँगै त्यहाँका सबै राज्यबाट घरभित्रै रहने आदेश जारी हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकामा कोरोना संक्रमणदर उच्च बने पनि त्यहाँका राज्यहरूले अलग-अलग नियम बसालेका छन् ।

विश्वव्यापी तथ्यांक हेर्दा अहिले यूरोप र संयुक्त राज्य अमेरिकालाई कोरोना भाइरस संक्रमणले थला पारेको छ । यूरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्स, बेलायतका नागरिकहरु कोरोना भाइरसबाट संक्रमित हुनेहरुमा अग्रपंक्तिमा छन् । यी पछिका देशहरुमा स्वीटजरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, अष्ट्रिया, पोर्चुगल, स्वीडेन, डेनमार्क लगायत देशहरुमा पनि संक्रमित हुनेहरुको संख्या बढिरहेको छ ।

यूरोपका कतिपय साना देशहरुमा संक्रमित हुने र मृत्यु हुनेको संख्या कम देखिए पनि ती देशहरुको जनसंख्याका आधारमा अहिले नै कम आँकलन गरिहाल्न सकिँदैन ।

कोरोना भाइरसले अप्रिल ३ सम्म यूरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्स र बेलायतमा ३७ हजार ८२ जनाको ज्यान गएको छ भने ४ लाख ३१ हजार ८ सय ६० जनामा संक्रमण भेटिएको छ । ८० हजार ८६ जना उपचारपछि निको भएका छन् । अग्रपंक्तिमा रहेका यी देशहरुमा सबैभन्दा बढी बिरामी निको भएका जर्मनीका छन् भने बेलायतका सबैभन्दा कम ।

संक्रमित नेपालीको तथ्यांक छैन

युरोपका विभिन्न देशमा रहेका नेपाली तथा नेपाली मूलका विदेशीहरु पनि कोरोना भाइरसबाट संक्रमित हुनबाट अछुतो रहेनन् । बेलायतमा २ जना र अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।

केही नेपालीहरु यूरोप र अमेरिकाका कतिपय अस्पतालहरुमा उपचारार्थ छन् भने कोही शिविर र कोही घरमै आइसोलेसनमा छन् । तर, धेरैजसो नेपालीहरु आफू संक्रमित भएको खुलाउन चाहँदैनन् ।

यूरोप र अमेरिकामा कतिको संख्यामा नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् भन्ने आधिकारित तथ्यांक अहिलेसम्म छैन । संक्रमित हुनेहरु सबैले आफू संक्रमित भएको सार्बजनिक गरेका पाइँदैन । यो व्यक्तिगत स्वतन्त्रताको विषय हो, आफूलाई लागेको रोग वा अन्य कुराहरुबारे सार्वजनिक गर्नुपर्छ भन्ने पनि छैन ।

अझ प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रतालाई उच्च स्थानमा राख्ने यी देशहरुमा कुनै पनि कुरामा दबाव हुँदैन । तर, यति हो कि, एउटाले रोग लागेको कुरा लुकाउँदा अरु व्यक्तिमा संक्रमण नफैलियोस् ।

डेनमार्कका नेपालीको स्थिति

डेनमार्कको अवस्था पनि तैं चुप, मै चुपको छ । कति नेपाली कोरोना भाइरसबाट संक्रमित छन् वा छैनन् आधिकारिक तथ्यांक छैन ।

डेनमार्कमा धेरैजसो नेपालीहरु सफाइ, रेष्टुरेन्ट र होटलमा काम गर्छन् । यो अवस्थामा सफाइ गर्नुपर्ने भएका कारण काममा जानुपर्ने बाध्यता छ ।

डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालका अनुसार रोगबाट संक्रमित भएकोबारे अहिलेसम्म रिपोर्ट आएको छैन । भ्रमण भिसामा आएका केही व्यक्तिहरुको भिसा सकिएको बाहेक अन्य समस्याहरु दूतावासमा आएका छैनन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कमा पनि नेपालीहरुमा कोरोना संक्रमित भएको आधिकारिक जानकारी आएको छैन । फेब्रुअरीबाट शैक्षिक सत्र सुरु भएकाले कलेजमा आएका नयाँ विद्यार्थीहरुलाई बढी कठिनाइ भएको जनाउँदै एनआरएनए डेनमार्कका अध्यक्ष रवीन्द्र खड्काले उनीहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको बताए ।

फेब्रुअरी सिजनका लागि करिब ५० जना विद्यार्थी नेपालबाट यहाँ आएका खड्काले जनाए । डेनमार्कमा करिब ५ हजार नेपाली छन् ।

विश्वभर छरिएका धेरै नेपालीहरुलाई कोरोनाले थलाइरहेको भए पनि कोरोनाबाट नेपाल जोगिएकोमा भने प्रवासमा रहेका नेपालीहरु खुसी छन् । उनीहरुको चाहना छ, नेपालले अन्य मुलुकको जस्तो महामारी भोग्नु नपरोस् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...