विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार, संक्रमित १० लाख बढी



हाम्रो इकोनोमि

 

विश्वभर महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३ हजार पुगेको छ भने १० हजारभन्दा बढी मानिसहरु संक्रमित बनेका पुष्टी भएको छ । चीनको बुहान फैलिएको कोरोना पछिल्लो समय युरोप र अमेरिका कोरोनाको इपिसेन्टर बनेको छ ।

विश्वभर हालसम्म १० लाख १४ हजार ३८६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ५३ हजार १५८ जनाको विश्वभर कोरोना भाइरसका कारण मृत्यु भएको छ । सवैभन्दा बढी मृत्यु इटालीमा भएको छ भने सवैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ९६० जनाको मृत्यु भएको छ । अमेरिकामा ६ हजार ६२ जनाको मृत्यु भइसकेको छ । दुई लाख ४४ हजार ३२० संक्रमित रहेका छन् । दिन प्रतिदिन संक्रमितको संख्या पनि बढ्न थालेका छन् ।

स्पेनमा पनि मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९६१ जनाले ज्यान गुमाएका छन् । स्पेनमा कुल मृत्यु हुनेको संख्या १० हजार ३४८ पुगेको छ । स्पेनमा कुल संक्रमित हुनेको संख्या एक लाख १२ हजार ६५ रहेको छ ।

इटालीमा नयाँ संक्रमितको संख्या कम हुँदै गएको थियो । पछिल्लो २४ घण्टामा चार हजार ६६८ संक्रमित थपिएपछि इटालीमा कुल संक्रमितको संख्या एक लाख १५ हजार २४२ पुगेको छ । इटालीमा कुल ज्यान गुमाउनेको संख्या १३ हजार ९१५ पुगको छ ।

जर्मनीमा कुल संक्रमित ८४ हजार ७९४ तथा मृत्यु हुनेको संख्या ११ सय सात पुगेको छ । फ्रान्समा संक्रमित ५९ हजार १०५, मृत्यु हुने पाँच हजार ३८७ पुगेका छन् । यस्तै इरानमा संक्रमितको संख्या ५० हजार ४६८ तथा मृत्यु हुनेको संख्या ३१ सय ६० र बेलायतमा संक्रमितको संख्या ३३ हजार ७१८ तथा मृत्यु हुनेको संख्या २९ सय २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...