कलैयामा युवाहरुको सहयोगी टिम : संयोजकमा मुकेश साह



हाम्रो इकोनोमि

 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसको संक्रमण बिरुद्ध बिश्व समुदाय जुद्धिरहेको छ । महामारीका कारण बिभिन्न समस्यामा परेकालाई सहयोग गर्ने उदेश्यले बाराको कलैयामा सहयोगी टिमको घोषणा भएको छ ।

समाजसेवी एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाराका युवा नेता मुकेश साहको नेतृत्वमा सहयोगी टिमको घोषणा गरिएको छ ।

बिपन्न परिवार, दैनिक ज्यालादारी गरी परिवार पाल्ने परिवार, स्वास्थ्य उपचारमा सहयोग तथा घर फर्किन खोज्नेलाई सहयोगी टिमले सहयोग गर्ने संयोजक साहले बताए । नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि बिभिन्न व्यक्तिलाई बिभिन्न किसिमको सहयोगको आवश्यक्ता रहेकाले त्यस्ता परिवारलाई सहयोग गरिने उनले बताए ।

अहिलेको यस परिस्थितिमा संघीय सरकार, प्रदेश सरकारका साथै स्थानीय सरकारले समेत पारदर्शी रुपमा सहयोग गर्नुपर्ने बताउँदै उनले सबैले मिलेर महामारीको बिरुद्धमा लडनुपर्ने आवश्यक्ता रहेको बताए ।

साहको संयोजकत्वमा गठन भएको सहयोगी टिममा रमेश साह, संदिप यादव, प्रभु यादव पुरुषोतम साह, राजमहम्मद राय, अबिद हुसैन, राजेश्वर प्रसाद कुश्वाहा, अनिल कुश्वाहा, डा.सुशील साह, अशोक तिवारी, डा.मोस्तकिम मंसुर, मनिफ मिया अंसारी, अजय साह, सावित्री शर्मा, राज खान, बिनोद गुप्ता, इ.अजित कर्ण सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...