दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती बन्यो कोरोना : राष्ट्रसंघ



हाम्रो इकोनोमि

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड-१९)को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् ।

कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो बताएका हुन् ।

कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना पनि उनले औंल्याएका छन् । ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ, जुन कहिल्यै निम्तिएको थिएन,’ गुट्रेसले रिपोर्ट सार्वजनिक गर्दै भनेका छन् ।

निम्न र मध्यमस्तरका देशलाई सघाउन राहत कोष

उनले निम्न र मध्यमस्तरका देशहरुलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग होस् भनेर राहत कोष खडा गर्न लागेको जानकारी पनि दिएका छन् ।

नले कोरोना भाइरसले समाजका सबैजसो अंगलाई आक्रमण गरेको पनि बताए । ‘कोभिड–१९ ठूलो परीक्षा हो । जुन संयुक्त राष्ट्रसंघ गठन भएयता सबै मिलेर सामना गर्दैछौं,’ महासचिव गुट्रेसले भनेका छन् ।

गुट्रेसले समन्वयकारी स्वास्थ्य सतर्कता अपनाएर महामारी अन्त्यका लागि भूमिका खेल्न पनि सबैलाई आग्रह गरेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म ४१ हजार बढी मानिसको ज्यान गएको छ । झण्डै ८ लाख ५० हजार मानिसमा यसको लक्षण देखापरेको छ । कोरोना प्रकोप बढेपछि अहिले विश्वका सबैजसो देशले सतर्कता अपनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...