कोरोनाको कारण मृत्यु हुनेको संख्या ४२ हजार, ८ लाख ५८ हजारबढी संक्रमित



हाम्रो इकोनोमि

 

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। हिजो एकैदिन ४ हजार ३ सय ३४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण विश्वभर मृत्युहुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ।

यो समाचार तयार गर्दासम्म विश्वभर फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ८ लाख ५८ हजार एक सय २७ जनामा देखिसकेको छ । यसमध्ये ४२ हजार ११४ जनाको ज्यान जाँदा १ लाख ७७ हजार १४१ निको भएर घर फर्किएका छन् ।

अहिले ६ लाख ३८ हजार ४४ मा यो भाइरसबाट संक्रसमित छन् । यसमध्ये ६ लाख ५ हजार ७४७ को अवस्था सामान्य छ भने ३२ हजार २९७ को अवस्था गम्भीर छ । कारोनाको संक्रमण सुरुभए यता ८१ प्रतिशत निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

पछिल्लो समय ब्यापक रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण अमेरिकामा मात्रै हिजो एकैदिन ७ सय १९ जनाको ज्यान गएको छ। २३ हजार ५ सय ५५ जना नयाँ संक्रमित भेटिएका छन्। अमेरिकामा हालसम्म १ लाख ८७ हजार ३ सय ४७ जना संक्रमित हुँदा ३ हजार ८ सय ६० जनाको मृत्यु भएको छ।

यस्तै इटालीमा हिजो एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ। इटालीमा १ लाखभन्दा बढी मानिसमा संक्रमण फैलिदा १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ। स्पेनमा कारोना संक्रमणका कारण थप ७ सय ४८ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ। यस्तै जर्मनिमा थप १ सय ३०, फ्रान्समा ४ सय ९९, इरानमा १ सय ४१, बेलायतमा ३ सय ८१ तथा नेदरल्याण्डमा १ सय ७५ जनाको मृत्यु भएको छ।

छिमेकी देश भारतमा हिजो थप ३ जनाको मृत्युभएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ। १ सय ४६ जना नयाँ संक्रमित भेटिएका छन्। तर कोरोनाको उद्गमस्थल चीनले भने भाइरसलाई संक्रमण शून्यमा झारेको छ। चीनमा हिजो कुनैपनि नयाँ संक्रमित नभेटिनुका साथै मानिसको ज्यान समेत गएको छैन।

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...