लकडाउन उलंघन गर्ने ६ सय जनालाई कारवाही



 

लकडाउन उलंघन गर्दै सडकमा आएका ६ सय जनालाई प्रहरीले सडक हिरासतमा लिएको छ । कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले लकडाउन गरेको आज छैटौ दिन हो । छैटौ दिनमा लकडाउनुको उल्लघंन गर्ने ५१२ पुरुष र १०५ महिलालाई प्रहरीले नियन्त्रणमा लिएर सडक हिरासतमा राखेको छ ।

आइतवार विहान राजधानी काठमाडौंका सडकमा मानिसहरु अझै बाहिर निस्किरहेका छन् । उनीहरुलाई दैनिक प्रहरीले कारवाही गरिरहेको छ । शनिवार मात्र ५ सयजनालाई कारवाही गरेको थियो । आइतवार विहान लकडाउन उलंघन गर्नेलाई सडकमै रोकेर राखेको छ । उनीहरुलाई घर जान र गन्तब्यमा जान रोकेको छ । सकडको बीचमा डोरी लगाएर उनीहरुलाई डोरीभित्र राखिएको छ ।

महानगरीय प्रहरी प्रभाग रानीपोखरीले लकडाउन उल्लघंन गर्नेलाई नयाँ तरिकाले नियन्त्रणमा लिइएको डिआईजी विश्वराज पोखरेलले बताए । लकडाउन उल्लघंन गर्नेलाई जहाँ भेटिन्छ त्यही २ घण्टासम्म नियन्त्रणमा लिएर राख्ने गरिएको डिआइजी पोखरेलले बताए । उनले यसक्रममा नियन्त्रणमा परेकालाई उचित दुरी मिलाएर दुई घण्टा राखेर ब्रिफिङ् गरेर छाड्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
किस्तीमा राखेर शेरबहादुरजीलाई प्रधानमन्त्री हस्तान्तरण गर्छु : ओली

    प्रधानमन्त्री केपी ओलीले १४ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद

मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन

   पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको

क्षमतावान व्यक्ति गभर्नरमा नियुक्त हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका

३ अर्ब २१ करोड बढी भ्रष्टाचार, मोहन बस्नेतसहित १६ जनाविरुद्ध मु्द्दा दायर

  पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको