लकडाउन उलंघन गर्ने ६ सय जनालाई कारवाही



हाम्रो इकोनोमि

 

लकडाउन उलंघन गर्दै सडकमा आएका ६ सय जनालाई प्रहरीले सडक हिरासतमा लिएको छ । कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले लकडाउन गरेको आज छैटौ दिन हो । छैटौ दिनमा लकडाउनुको उल्लघंन गर्ने ५१२ पुरुष र १०५ महिलालाई प्रहरीले नियन्त्रणमा लिएर सडक हिरासतमा राखेको छ ।

आइतवार विहान राजधानी काठमाडौंका सडकमा मानिसहरु अझै बाहिर निस्किरहेका छन् । उनीहरुलाई दैनिक प्रहरीले कारवाही गरिरहेको छ । शनिवार मात्र ५ सयजनालाई कारवाही गरेको थियो । आइतवार विहान लकडाउन उलंघन गर्नेलाई सडकमै रोकेर राखेको छ । उनीहरुलाई घर जान र गन्तब्यमा जान रोकेको छ । सकडको बीचमा डोरी लगाएर उनीहरुलाई डोरीभित्र राखिएको छ ।

महानगरीय प्रहरी प्रभाग रानीपोखरीले लकडाउन उल्लघंन गर्नेलाई नयाँ तरिकाले नियन्त्रणमा लिइएको डिआईजी विश्वराज पोखरेलले बताए । लकडाउन उल्लघंन गर्नेलाई जहाँ भेटिन्छ त्यही २ घण्टासम्म नियन्त्रणमा लिएर राख्ने गरिएको डिआइजी पोखरेलले बताए । उनले यसक्रममा नियन्त्रणमा परेकालाई उचित दुरी मिलाएर दुई घण्टा राखेर ब्रिफिङ् गरेर छाड्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...