न्यूयोर्कमा क्वारेन्टाइन बनाउने अमेरिकाको तयारी



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथामका लागि न्यूयोर्कबासीलाई क्वारेन्टाइनमा राख्नेबारे विचार गरिरहेको बताएका छन् ।

संक्रमणको केन्द्र न्यूयोर्कमा भएकाले कम्तिमा दुई हप्ताका लागि क्वारेन्टाइनमा राख्नेबारे सोचिरहेको उनले बताएका हुन् । ट्रम्पले पत्रकारहरुसँग भनेका छन्, ‘न्यूयोर्कका अलावा न्यूजर्सी र अन्य केही स्थानलाई पनि क्वारेन्टाइनमा राख्न सकिन्छ । क्वारेन्टाइनमा राख्न जरुरी भइसकेको छ ।’

लकडाउन गर्न न्यूयोर्कका गभर्नर असहमत

न्यूयोर्क राज्यमा ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैबीच, न्यूयोर्कका गभर्नर एन्ड्र’ क्योमोले न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने राष्ट्रपति ट्रम्पको प्रस्तावमा आफू सहमत रहेको बताएका छन् । तर, लकडाउन गर्न भने नसकिने उनले बताएका छन् ।

सीएनएनसँग कुरा गर्दै उनले ‘न्यूयोर्क त पहिलेदेखि नै लगभग क्वारेन्टाइनमै छ । यहाँ कुनै कार्यक्रमहरु भएका छैनन् । मानिसहरुको भीड पनि जम्मा भएको छैन । यदि मानिसहरुलाई घरबाट बाहिर निस्कन रोक लगाइयो भने त्यो लकडाउन हुन्छ । लकडाउन भयो भने हामी पनि चीनको वुहान जस्तो हुन्छौं । त्यसैले लकडाउन गर्नुहुँदैन ।’

क्योमोले लकडाउन गर्ने सोच अमेरिका विरोधि र अर्थव्यवस्थामा खतरा भनेका छन् । उनले भनेका छन्, ‘लकडाउन गर्नु युद्धको घोषणा गरेजस्तो हुन्छ । यसमा म सहमत हुँदैन ।’

चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले अमेरिकामा तीब्र रुपमा फैलिएको छ । अमेरिकामा हालसम्म एक लाख २३ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १९ हजार ३ सय नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ११ पुगेको छ ।

ट्रम्प प्रशासनको सुस्त कार्यशैली र जनताको लापरवाहीका कारण अमेरिकालाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण टाउको दुखाईको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...